५ असार, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहले राजनाथ कोविन्दलाई एनडीएको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
कोविन्द विहारका राज्यपाल हुन् । तर, राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा पहिलेदेखि नै थियो ।
को हुन् रामनाथ कोविन्द ?
सन् १९४५ अक्टोबर १ मा उत्तर प्रदेशको कानपुर देहातमा जन्मिएका रामनाथ कोविन्दले कानपुर युनिभर्सिटीबाट बीकम र एलएलबी पास गरेका छन् । उनी १९७७ देखि २ वर्ष केन्द्र सरकारको वकिल रहे भने १९८० देखि १९९३ सम्म केन्द्र सरकारको स्ट्याडिङ काउन्सिलमा रहे ।
दिल्लीको हाइकोर्ट र सुपि्रम कोर्टले उनले १६ वर्षसम्म प्राक्टिस गरे । १९७१ मा दिल्ली बार काउन्सिलका लागि मनोनित भए । १९९४ मा उत्तर प्रदेशबाट राज्यसभाको सांसद चुनिए । उनी १२ वर्षसम्म राज्यसभा सांसद रहे ।
रामनाथ कोविन्दको पहिचान दलित नेताको रुपमा रहे । छात्र जीवनमा उनले अनुसूचित जाति, जनजाति र महिलाका लागि काम गरे ।