Comments Add Comment

चुनाव हुने प्रदेशमा चार दिन शैक्षिक संस्था र एक दिन सार्वजनिक विदा आग्रह

५ असार, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको चुनाव हुने तीन वटा प्रदेशमा चार दिन शैक्षिक संस्थामा विदा दिन सरकारलाई आग्रह गरेको छ । साथै मतदान हुने दिन १४ गते सार्वजनिक विदा भनेको छ ।

आयोगको सोमबार बसेको बैठकले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

साथै १० गतेदेखि १४ गतेसम्म विद्यालय, क्याम्पससहितका शैक्षिक संस्थामा विदा दिन आग्रह पनि गरेको छ । चुनावका क्रममा अधिकांश मतदान केन्द्र विद्यालय तथा क्याम्पसलाई नै बनाइएको छ ।

आयोगको आग्रह अनुसार सरकारले निर्णय गर्न भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment