Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः दिल्ली जान हतारिए देउवा

६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले भ्रमणको निम्तो दिएकाले देउवाले भारत भ्रमणको इच्छा व्यक्त गरेको पत्रपत्रिकामा खबर छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न एमालेले असहमति व्यक्त गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । असार १४ मा हुन लागेको दोस्रो चरण निर्वाचनका विविध पाटा–पक्षबारेका  सामग्री पनि पत्रपत्रिकामा  छन् ।

निर्वाचन शान्तिपूर्ण बनाउन निर्वाचन आयोगले गरेको अपिललाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार सरेकोदेखि हनुमानढोका दरबार क्षेत्र विश्व सम्पदा सूचीबाट हटेकोसम्मका खबर छन् ।

ब्लड बैंकहरुको लापरवाहीका कारण रगतहरु असुरक्षित रहेको कान्तिपुर दैनिकले लेखेको छ । कान्तिपुरमै विराटनगरको चुनावी गणितबारेको एक सामग्री पनि छापिएको छ ।

नागरिक दैनिकले थवाङवासी स्थानीय तह निर्वाचनले दोधारमा परेको लेखेको छ । नागरिकमै कपडा सिलाएर एमबीबीएस टप गरेका एक विद्यार्थीको सफलता कथा प्रकाशित छ ।

एमालेको असहमतिका कारण प्रधानन्यायाधीश सिफारिस हुन नसकेको विषयलाई मुख्य खबर बनाएर लेखेको नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाले १५ अगस्टमा दिल्ली जाने इच्छा देखाएको अर्को खबर पनि प्राथमिकता साथ छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment