Comments Add Comment

नेपालप्रति सकारात्मक बन्दै दिल्ली, बदल्दै कोर्स

६ असार, काठमाडौं । भारतले सीमांकनको मुद्दा समाधानका नभएसम्म नेपालसँगको सम्बन्ध पुरानो अवस्थामा नफर्किने भन्दै आएकोमा अहिले स्थानीय निर्वाचनमार्फत संविधान कार्यान्वयन प्रक्रियालाई खुलेर समर्थन गरेको छ ।

स्थानीय निर्वाचनले लोकतन्त्रको जग मजबुत हुने र नेपालमा शान्ति, स्थायित्व र समुन्नति स्थापित हुने भारतको विश्लेषण छ ।

प्रचण्डले प्रधानमन्त्रीका रुपमा राजकीय भ्रमण गरेपछि भारत संविधानप्रति नरम भयो भने अहिले उक्त विषयबारे दिल्लीमा छलफल हुँदैन ।

जानकारहरुले यसलाई कोर्स करेक्सनका रुपमा हेरेका छन् । ‘भारत अहिले स्थानीय निर्वाचनको पक्षमा छ, यसलाई तपाईंले कोर्स करेक्सनका अर्थको रुपमा पनि लिन सक्नुहुन्छ । संविधान संशोधनका पक्षमा दुईतिहाइ नपुग्ने अवस्थामा भारतले स्थानीय निर्वाचनको विकल्प देखेको छैन,’ भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment