Comments Add Comment

रोनाल्डोले स्पेन छाड्दैछन् ? मड्रिडका अध्यक्ष भन्छन्- कन्फेडेरेसन कपपछि सल्लाह गर्छु

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्ना सुपरस्टार क्रिष्टियानो रोनाल्डोसँग मड्रिडमा उनको भविश्यबारे अहिलेसम्म छलफल नगरेको बताएका छन् । तर, कन्फेडेरेसन कपपछि उनले रोनाल्डोसँग कुरा गर्नेछन् ।

स्पेनिस अदालतमा कर छलीको आरोप लागेपछि रोनाल्डोले स्पेन नै छाड्ने तयारी गरेको खबरहरु आइरहेको छ ।

कन्फेडेरेसन कपका लागि अहिले रसियामा रहेका पोर्चुगिज स्ट्राइकरले गत नोभेम्बरमा रियलसँग पाँच वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, उनी अहिले म्यान्चेस्टर युनाइटेड फर्किने हल्ला चल्न थालेको छ ।

‘मात्र एउटा कुरा म भन्न सक्छु कि रोनाल्डो रियल मडि्रडका खेलाडी हुन्’ सोमबार रियलको अध्यक्षमा पुनः निर्वाचित भएपछि पेरेजले भने ।

स्पेनिस अभियोजन पक्षले रोनाल्डोबिरुद्ध लाखौं युरो कर छलेको आरोप लगाएका छन् तर, उनले त्यसको खण्डन पनि गरिसकेका छन् ।

‘अवश्य पनि केहि भएकै छ । कसैले उसलाई बदनाम गराउन चाहन्छ, उसको विश्वसनीयता माथि पनि ।’ पेरेजले स्पेनिस रेडियो स्टेसन ओण्डा सेरोसँगभने, ‘म के यकिन गर्न चाहन्छु भने उनले हामीलाई भन्नेछन् र हामी हेर्नेछौं ।’

यो कुनै संयोग होइन कि उनी एक निक्कै महत्वपूर्ण प्रतियोगिता, कन्फेडेरेसन कपमा ब्यस्त छन् र प्रतियोगिता अझै सकिएको छैन, म पोर्चुगिज टिमलाई डिस्टर्व गर्न चाहन्न ।’

पेरेजले रोनाल्डोबारे भनेका छन् कि उनी पैसाबाट प्रेरित छैनन् । रोनाल्डोको नाम फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मिनसँग जोडिएको छ ।

उनले भने, ‘उनी मात्र विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्छन् । यदि रोनाल्डो रियल मड्रिड छाड्न चाहन्छन् भने त्यो पैसाका लागि होइन ।

पेरेजले भनेका छन् कि अहिलेसम्म रोनाल्डो या अल्भारो मोराटा या जेम्स रोड्रिग्युजका लागि कसैको पनि प्रस्ताव आएको छैन । तीनमध्ये दुई जनाको नाम म्यान्चेस्टर युनाइटेडसँग जोडिएको छ ।

‘जेम्ससहित हामी हाम्रा सबै खेलाडीलाई अर्को सिजनका लागि पनि राख्न चाहन्छौं’ उनले थपे ।

रोनाल्डो किन छाड्न चाहन्छन् स्पेन ?

बीबीसीले रोनाल्डोका नजिकको स्रोतलाई उदृत गर्दै कर छलीको आरोप लागेपछि उनी निक्कै दुःखी भएको उल्लेख गरेको थियो । र, भनिएको थियो कि उनी स्पेन छाड्न चाहन्छन् ।

सन् २०११ र २०१४ को बीचमा उनले १४.७ मिलियन युरो कर छलेको आरोप लागेको छ ।

रियल मडि्रडको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा भनिएको थियो कि उ आफ्ना खेलाडीलाई पूर्ण विश्वास गर्छ र उनी आफूलाई निर्दोष सावित गर्न सफल हुनेछन् ।

रोनाल्डोको असन्तुष्टिपछि विश्वभरका क्लवहरु सतर्क भएका छन् । तर, उनी म्यान्चेस्टर युनाइटेड र फ्रान्सेली पिएसजीसँग नजिक रहेको बुझिएको छ ।

तर, पोर्चुगिज स्टारलाई अनुबन्ध गर्नका लागि क्लवहरुलाई निक्कै महंगो पर्नेछ । रियलले आफ्नो सम्झौतामा यी स्टारको रिलिज क्लज १ बिलियन युरो तोकेको छ ।

रोनाल्डो र पेरेजको इतिहास

सन् २००९ मा दोस्रो पटक रियलको अध्यक्षमा निर्वाचित भएपछि पेरेजले ८० मिलियन पाउण्डको कीर्तिमानी मूल्यमा रोनाल्डोलाई स्पेन भित्र्याएका थिए ।

रोनाल्डोले ६ वर्ष युनाइटेडमा रहँदा क्लवलाई तीन पटक प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए भने एक पटक फिफा बेलोन डि’ओरको उपाधी जितेका थिए ।

पेरेजले रोनाल्डोलाई ८० हजार समर्थकमाझ सान्टियागो बर्नबाउमा सार्वजनिक गरेका थिए र रियलको दोस्रो समूहलाई पनि एकसाथ लाने प्रयास गरेका थिए ।

आठ वर्षको अवधीमा रोनाल्डोले ३९४ खेलमा ४०६ गोल गर्दै क्लब कीर्तिमान कायम गरेका छन् । दुई साताअघिमात्र रियललाई १२औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा रोनाल्डोले फाइनलमा युभेन्टसबिरुछ २ गोल गरेका थिए । जस खेलमा रियल ४-१ ले बिजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment