६ असार, काठमाडौं । प्रभु बैंकले पनि निक्षेपको ब्याजदर घटाएर नयाँ दर सार्वजनिक गरेको छ । बैंकले अबदेखि मुद्दती निक्षेपमा अधिकत्तम ११ प्रतिशत ब्याज दिने भएको हो ।
यसअघि १२ प्रतिशतसम्म व्याजदर दिएको बैंकले यो दर घटाएर ११.५० प्रतिशत हुँदै ११ प्रतिशतमा सिमित पारेको हो ।
आइतबार मात्रै जनता बैंकले मुद्दती बचतको ब्याजदर केही घटाएको थियो । कर्जा लगानीमा समस्या भएपछि केही बैंकहरुले ब्याजदर घटाइरहेको यस क्षेत्रका व्यक्तिहरु बताउछन् ।
यो पनि हेरौं : कर्जा जान छाडेपछि घट्यो निक्षेपको ब्याजदर