Comments Add Comment

साउनको व्रत अगाडि कुखुरा खान एक हप्ताको छुट्टी !

साउनमा धेरै हिन्दूहरु शिवजीको व्रत बस्दछन् र माछा मासुबाट टाढै रहन्छन् । साउनभर मासु खान नपाउने भएपछि अहिले नै पेटभरी खानुपर्यो नि त होइन ? सायद यहीँ सोँचेर होला छिमेकी देश भारतका एक व्यक्तिले असार महिनामै कुखुराको मासु खाने एक हप्ते विदा माग गरेका छन् ।

सुन्दैमा अनौठो तथा रोचक लाग्ने यो घटना भारतको छत्तिसगढमा भएको छ । त्यहाँ एक रेलवे स्टेशनका म्यानेजरले आफ्नो एकजना कर्मचारीको अनौठो व्यहोराको विदा निवेदन प्राप्त गरेका छन् ।

हाकिमसँग विदा माग गरिएको निवेदनमा निवेदकले कुखुराको मासु खानका लागि एक हप्ताको विदा दिन अनुरोध गरेका छन् ।

छत्तिसगढको दिपिका रेलवे साइडिङमा भरिया तहको काम गर्ने पंकज नामका कर्मचारीले विदा माग गर्दै लेखेको निवेदनमा भनेका छन्: म पंकज राज महोदयसँग हात जोडेर निवेदन गर्दछु की आउँदो महिनादेखि साउन सुरु हुन्छ र साउनका कारण मेरो घरमा कुखुराको मासु पाक्नेछैन । त्यसैले मैले त्यस अवधिमा कुखुराको मासु खान पाउनेछैन । जसका कारण मेरो जिउ कमजोर हुनेछ र मैले रेलवे स्टेशनमा २४ घण्टा काम गर्न सक्नेछैन । अतः महोदयसँग निवेदन छ की मलाई चिकेन खानका लागि २० देखि २७ जुनसम्म विदा दिनुहोला । त्यस सात दिनमा कुखुराको मासु खाएर मैल साउनको एक महिनाको लागि भरण गर्न सकूँ र रेलवे स्टेशनमा २४ सै घण्टा काम गर्न सकूँ ।’

यस्तो अनौठो निवेदन प्राप्त भएपछि स्टेशन म्यानेजरले पंकजलाई बोलाएर विदाको बारेमा सोधे । तर जब पंकज हाकिमको अगाडि पुगे उनको कुरा फेरियो । आफूले केवल हँसिमजाकको लागि मात्र त्यस्तो निवेदन दिएको उनले बताए । साथै उनले आफ्नो त्यस्तो कार्यका लागि माफी समेत मागे ।

जब उनको त्यो अनौठो विदा आवेदन सोसल मिडियामा पोष्ट भयो तब त्यो एकाएक भाइरल बन्यो । उक्त विदा निवेदनप्रति सोसल मिडिया प्रयोगकर्ताहरुले अनेकथरी प्रतिक्रिया जनाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment