Comments Add Comment

बर्षायाममा सौन्दर्य कसरी जोगाउने ? यस्तो छ उपाय

बर्षायाममा छालाको सौन्दर्य कायम राख्नु चुनौतीपूर्ण हुन्छ । यतिबेला छालामा अनेकन समस्या देखापर्छ । त्यसैले छालाको सौन्दर्यलाई जोगाइ राख्नका लागि विशेष ख्याल गर्नुपर्छ ।

सरसफाईमा ध्यान दिने

बर्षाको मौसममा धेरैजसो बिमारी फोहोर मैलाको कारण हुन्छ । यस्तोमा आवश्यक हुन्छ कि तपाईंको हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् । सक्नुहुन्छ भने वाटरप्रुफ क्लिन्जरको पनि प्रयोग गर्न सक्नुहुनेछ ।

टोनिङ गर्नु फाइदाजनक

वर्षाको मौसममा वातावरण ओसिलो हुन्छ । यस्तोमा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्न सक्नुहुनेछ ।

मोश्चराइजेशन नभुलौं

कतिलाई लाग्दो हो, वर्षाको मौसमा मोश्चराइजर लगाउनाले छाला चिपचिप हुन्छ । तर, यस्तो हुँदैन । वर्षामा पनि छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा रुझ्दा छाला ड्राइ भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल फ्रि मोश्चराइजर लगाउनुहोस् ।

ड्राइ रहनु आवश्यक

वर्षामा हामी ओसिलो हुन्छौं । यस्तोमा इन्फेक्सनको खतरा हुन्छ । सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउनु होस् । नभए, फंगल इन्फेक्सन हुनसक्छ ।

घामबाट बच्नुहोस्

पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिकसेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्क्रीन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट सुरक्षित राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment