Comments Add Comment

सेक्सपछि भर्जिन बन्न बाध्य छन् ट्युनिशियाली युवती

ट्युनिसियामा जव केटीहरुको विवाह हुन्छ, तब उनीहरु भर्जिन होउन् भन्ने अपेक्षा गरिन्छ । यसै कारणले भर्जिनिटीको फेरि हासिल गर्नका लागि ‘हाइमन’ लगाउने कारोबार त्यहाँ निक्कै फस्टाएको छ ।

यास्मिन निक्कै डराएकी छन् । उनले आफ्नो ओठ टोकिरहेकी छन् र लगातार मोबाइल हेरिरहेकी छन् । उनले भनिन्, ‘मैले यसलाई धोकाको रुपमा मान्छु र यसैकारणले निक्कै दुखी छु ।’

ट्युनिशियाको एक प्राइभेट क्लिनिकमा हामी चौथो तल्लामा छौं र यहाँ महिलाको समस्यासँग सम्बन्धित डाक्टर छन् । गुलावी रंगको वेटिङ रुममा महिलाहरु निक्कै धैर्यका साथ प्रतीक्षा गरिरहेका छन् ।

यास्मिनले मलाई बताएअनुसार उनले नक्कली हाइमन लगाएकी छन् । एक सामान्य मेडिकल प्रक्रियाको माध्यमबाट महिलाको योनी क्षेत्रमा एक झिल्लीजस्तो रहने हाइमन लगाइन्छ, हाइमनलाई योनीक्षेत्रमा राख्नाले महिलाको भर्जिनिटी पुनः फिर्ता आउने विश्वास गरिन्छ ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘हामी आधुनिक समाजमा रहेको दाबी गछौं । तर, यो आधुनिकताले महिलाहरुलाई यौन सम्बन्धमा हुने स्वतन्त्रता देख्दैन ।

यास्मिनको दुई महिनापछि बिहे हुँदैछ । २८ वर्षीया यास्मिनलाई एउटै डरले सताइरहेको छ कि उनी भर्जिन छैनन् । भविश्यमा उनको भर्जिन तोडिसकेको कुरा पत्ता लाग्न सक्छ । उनले भनिन्, ‘एक दिन अनजानमा म पतिका साथ कुराकानीको क्रममा यो नहोस् कि म धोका खाउँ वा मेरा पतिको सन्देश होस् ।’

ट्युनिशियामा थुप्रै यस्ता खवर आइसकेको छ कि भर्जिन नभएको आरोपमा पुरुषहरुले पत्नीलाई विवाहको लगत्तै छोडपत्र दिएका छन् ।

यास्मिनको जन्म एक उदार परिवारमा भएको थियो ।

उनले भनिन्, ‘मेरो एक पुरुषका साथ अफेयर थियो । त्यसबेला मैले कल्पना गर्नपनि सक्दिनथेँ कि भर्जिनिटीलाई लिएर हाम्रो समाजमा कति दबाव हुन्छ र यसको नतिजा कस्तो हुन्छ । यस्तोमा म अहिले निक्कै डराएको छु । यदि मैले आफ्नो अफेयरको बारेमा मंगेतरलाई भनेँ भने निश्चित छ कि मेरो बिहे टुट्नेछ ।’

त्यसैका लागि हाइमन लगाउन उनले ४० हजार रुपैयाँ खर्च गर्न लागेकी छन् । हाइमन लगाउनका लागि करिव आधा घण्टाको समय लाग्नेछ । उनले थुप्रै महिनादेखि यसैका लागि पैसा बचाइरहेकी थिइन् कि आफ्ना पतिलाई भर्जिनिटीका बारेमा सन्देह नहोस् ।

यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनोक्लोजिस्टले पूरा गर्नेछन् । डाक्टर रशिद एक सातामा दुई यस्ता अपरेसन गर्छन् ।

डाक्टर रशिद भन्छन् कि जो हाइमन पुनः लगाउन आउँछन्, त्यसमध्ये ९९ प्रतिशत केटीहरु हुन्छन्, जसलाई आफ्नो परिवार र आफन्तको इज्जतको डर हुन्छ ।

उनले भने कि यास्मिनजस्ता निक्कै कम केटीहरु हुन्छन् जो यस कुराको लुकाउन चाहन्छन् कि उनीहरु भर्जिन छैनन् ।

वास्तविकता के हो भने हाइमन टुट्नुको एकमात्र कारण सेक्स भने होइन । तर पनि महिलाहरुलाई गलत तरिकाले दोषी ठहर्‍याइन्छ र उनीहरुमाथि विवाहअघि सेक्सको आरोप लगाइन्छ ।

डाक्टरले भने, ‘गाइनोक्लोजिस्ट हाइमन पुनः राख्न सक्छन्, यो कुनै अपवाद होइन । यहाँ धेरैजसो डाक्टर यसो गर्दैनन् । तर म गोप्य रुपमा यसो गर्छु किनभने म ती मानिसहरुसँग सहमत छैन कि जसले भर्जिनिटीलाई एक पवित्र कुरा मान्छन् । हामी भन्छौं कि यो पुरुष प्रभूत्व हो र म यसको बिरुद्धमा युद्ध जारी राख्नेछु ।’

उत्तरी अफि्रकामा ट्युनिशिया महिलालाई धेरै अधिकार दिने मुलुकमध्ये पर्छ । तर, धर्म र परम्पराका कारण यहाँ महिलाहरुलाई विहेभन्दा अघि भर्जिन बन्न बाध्य गराउँछ ।

ट्युनिशियाको तलाक नियममा यो पनि समावेश छ कि यदि पतिलाई जानकारी हुन्छ कि उनकी पत्नी भर्जिन छैन, उनले तलाक दिन सक्नेछन् ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘ट्युनिशियाको समाज खुल्ला छ तर हामी पाखण्डी भइरहेका छौं । यहाँ सामाजिक रुढीबाद निक्कै प्रवल रुपमा छ र हामी आधुनिक समाजमा यो सही मान्न सक्दैनौं । महिलाको कामुकता र उनको स्वतन्त्रताको मामलामा आधुनिकता अझै पनि कोषैं टाढा छ ।’

एक सरकारी विश्वबिद्यालयमा मेरो भेट इसेनसँग भयो । २९ वर्षीय इसेनको विहे गत वर्ष भएको थियो । मैले उनीसँग सोधेँ कि उनी र उनका साथी भर्जिनिटीको ख्याल राख्छन् त ? उनले भने कि उनका लागि यो निक्कै अहम् छ ।

इसेनले भने, ‘यदि मैले विवाहपछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा पाएँ भने म पुनः उनलाई भरोसा गर्न सक्दिन । म यसलाई घोकाको रुपमा मान्छु । म नक्की हाइमनमा विश्वास गर्दिन र मेरो मान्यता के हो भने त्यसले काम गर्दैन, जुन काम प्राकृतिक भर्जिनले गर्छ ।’

इसेनसँगै रहेका अर्का बिद्यार्थीले भने कि ट्निशियाली परम्परामा महिलाने निक्कै प्रताडना झेल्नुपर्छ ।

उनले भने कि उनका लागि यो पूरै पाखण्डी तरिका हो । यदि पुरुषहरु विवाहअघि सेक्स गर्न सक्छन् भने महिलालाई किन कठघरामा उभ्याइन्छ ?

बीबीसीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment