Comments Add Comment

यसरी मुक्त हुन सकिन्छ ब्ल्याक हेड्सबाट

ब्ल्याक हेड्सले सौन्दर्यलाई फिका बनाइदिन्छ । स–सना कोठी जस्ता देखिने थोप्लाहरुले अनुहारको चमक हटाइदिन्छ । त्यसैले धेरैको निम्ति टाउको दुखाईको विषय हुन्छ, ब्ल्याक हेड्स कसरी हटाउने ?

कतिलाई किशोरवयमै यस्तो समस्या देखिन्छ । र, जतिजति उमेर बढ्दै जान्छ उत्तिनै व्ल्याक हेड्स पनि बढ्दै जान्छ । यो पहेंलो वा कालो रंगको हुन्छ । खासगरी रोम छिद्र बन्द गर्ने फोहोरको कारण ब्ल्याक हेड्स बन्छ । हर्मोनल परिवर्तन, सौन्दर्य प्रसाधनको प्रयोग, छालाको उचित हेरचाह नहुनु, तनाव आदिले पनि यस्तो समस्या निम्त्याउँछ ।

ब्ल्याक हेड्स हटाउनका लागि केहि प्रकारका औषधी र क्रिम बजारमा उपलब्ध छ । तर, त्यसलाई प्राकृतिक रुपमै हटाउनु बढी प्रभावकारी हुनसक्छ । यसका लागि अन्त जानुपर्दैन । तपाईको भान्सामा उपलब्ध सामग्रीको प्रयोगबाट ब्ल्याक हेड्स हटाउन सकिन्छ ।

१. ब्ल्याकहेड्स हटाउनका लागि बेकिङ सोडा राम्रो उपाय हुनसक्छ । यसले अनुहारको फोहार मैला राम्ररी हटाइदिन्छ । साथै सुक्ष्म प्वालहरुमा जमेको मैला समेत यसले हटाइदिन्छ ।

२. हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचीनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ । यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चिज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ ।

३. ओट मिल तथा दहीको मिश्रणको पेस्ट तयार गरौं । यसलाई अनुहार तथा नाखमा राम्ररी लगाउनुपर्छ, ब्ल्याकहेड्स हट्छ ।

४. कागतिको रस दाग–धब्बा हटाउनमा निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ । कागतिमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment