Comments Add Comment

भोलिबाट लगातार तीन दिन भूकम्पपीडितको लागि ट्याक्सीको गोलाप्रथा


६ असार, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले भोलि असार ७ र ८ र ९गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ । जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न लागिएको हो ।

यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताए । यो कार्यक्रम टिभीमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।

आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका हुन् ।

विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ ।
सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।

भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।
अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ । निर्वाचान आचारसंहिताका कारण पटक-पटक गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो ।

कुन दिन कुन जिल्लाको गोलाप्रथा ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment