Comments Add Comment

अनियमितता भेटिएपछि एकान्तकुनाबाट लाइसेन्सको नेपालीकरण रोकियो


६ असार, काठमाडौं । एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा विदेशमा बनाइएका लाइसेन्सको नेपालीकरण प्रक्रियामा अनियमितता र आर्थिक चलखेल भएको पाइएको छ । यसको जानकारी पाएलगत्तै यातायात ब्यवस्था विभागले एकान्तकुनाको कार्यालयबाट हुने नेपालीकरणलाई रोकिएदिएको छ ।

कर्मचारीकै मिलेमतोमा नेपालीकरण गर्ने नाममा विभिन्न बिकृति भित्रिएपछि विभागले एकान्तकुना कार्यालयको अधिकार खोसेको हो । देशभरमै एकान्तकुनाको कार्यालयले मात्रै यस्तो लाइसेन्स नेपालीकरणको अधिकार पाएको थियो ।

अहिले विभागले नयाँ खुलेका जगाति, सुकेधारा र ठूलाभर्‍याङस्थित लाइसेन्स कार्यालयबाट नेपालीकरण गराउन थालेको विभागले जनाएको छ ।

विदेशमै लाइसेन्स बनाएका तथा वर्ग थपेकाहरुले नेपालमा आएर सवारी चलाउनु गर्दा यहाँ नेपाली लाइसेन्स लिन सक्छन् । यसैलाई विदेशी लाइसेन्सको नेपालीकारण भनिन्छ ।

लाइसेन्स नेपालीकरण गर्दा लाइसेन्स जारी भएको देशको नेपालस्थित दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नुपर्छ । सँगै सो देशमा भिसा लगेको पासपोर्ट र त्यहाँ लिएको लाइसेन्सको सक्कल, फोटोसहित लाइसेन्स कार्यालयमा बुझाउन सकिन्छ ।

सामान्य स्वस्थ्य परीक्षणपछि क्याटेगोरीअनुसार शुल्क बुझाएर लाइसेन्स लिन सकिन्छ । विदेशी लाइसेन्स भएकाले यहाँ ट्रायल दिनुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment