Comments Add Comment

ओठ सर्जरी गरेको बिषयमा आयशाको यस्तो स्पष्टिकरण


‘वान्टेड, टार्जन-द वन्डर कार, डोर’ लगायतका चलचित्रबाट पहिचान बनाएकी बलिउड नायिका आयाशा टाकियाले कहिल्यै सोचेकी थिइनन् कि उनको एउटा तस्विरलाई यती धेरै मजाकको विषय बनाइन्छ ।

पछिल्लो समय उनको एउटा तस्विर भाइरल भयो । तस्विरसँग उनको वारेमा टिप्पणी गरिएको थियो कि ‘आयशाले प्लाष्टिक सर्जरी गरिन् अनि उनको ओठ बिगि्रयो ।’ आयशा यी सब हल्ला केबल हल्ला मात्रै हो भन्छिन् ।

सन् २०१७ मा भएको एउटा सार्वजनिक कार्यक्रममा खिचिएको तस्विर ट्वीटरमा ट्रोल भएको थियो । उनको भनाई अनुसार यो खबर आइरहँदा उनी आफ्नो परिवारको साथमा गोवामा छुटि्ट मनाउँदै थिइन् र यी खबर सुनेर आफै हाँसेकी थिइन् । आयशा भन्छिन्-‘मलाइ अचम्म लाग्छ कि अचेल हरेक महिना कुनै न कुनै कलाकार मजाकको पात्र बनिरहेका हुन्छन् ।’

प्लाष्टिक सर्जरी गरेर अनुहार बिग्रेको हल्ला चले लगत्तै उनले इन्स्टाग्राममा आफ्ना केही तस्विर सार्वजनिक गरिन् । ‘बलिउडमासुन्दर देखिनुपर्ने वाध्यता यति धेरै छ । नायिकाले प्लाष्टिक सर्जरी गरेर पनि गोप्य राख्न चाहन्छन् ।’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment