Comments Add Comment

पल पूजालाई भन्दैछन्-‘किन आजकल तिम्रो मन मैले भो’


अडियो जुकबक्स कै कारण सर्वाधिक चर्चामा रहेको बर्षकै प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’को एकपछि अर्को प्रचार सामाग्रीले दर्शकको मन लोभ्याइरहेका छन् ।

चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो हिट भएपछि अडियो जुकबक्स रिलिज गरिएको थियो । त्यसपछि, चलचित्रको ट्रेलर रिलिज गरियो, जुन सर्वाधिक चर्चित छ ।

अब, चलचित्रमा समावेश दोश्रो गीत ‘किन आजकल तिम्रो मन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अडियोमा हिट भैसकेको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय पूजा शर्मा र पल शाहलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले विभिन्न जातजातीको भेषभुषालाई समेत समावेश गरेका छन् । अर्जुन पोखरेलको संगीत र स्वर रहेको यो गीतमा अम्बिका शर्माको शब्द छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा संजय लामाको छायांकन, प्रितम पाण्डेको सम्पादन छ । चलचित्रमा सुदर्शन र पूजाको लगानी छ ।

चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङको अभिनय छ । सुदर्शन र दिनेश न्यौपानेले चलचित्रको पटकथा तथा संवाद लेखेका हुन् । यो गीतको भिडियो सार्वजनिक भएपछि चलचित्रको चर्चा अझ बढ्ने पक्का छ । यो फिल्म असार ३० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment