Comments Add Comment

तेह्रथुमका मतदाता भन्छन्- कसरी भोट हाल्ने थाहा छैन

फाइल तस्वीर

६ असार, तेह्रथुम । दोस्रो चरणको स्थानीय तह चुनाव हुने मध्ये प्रदेश नम्बर १ को तेह्रथुम जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावहीन पाइएको छ ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले करोडौं रकम खर्च गरेपनि तेह्रथुमका मतदाता भने आफूहरुलाई भोट हाल्न नआउने र अहिलेसम्म कसैले नसिकाएको पनि गुनासो गरेका छन् ।

प्रदेश नंबर-१ को दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुम जिल्ला पूर्वका अन्य पहाडी जिल्ला भन्दा भौगोलिक रुपमा आवत जावतका लागि सहज नै मानिन्छ ।

४३ वडा रहेको तेह्रथुममा निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको समय देखिनै समय समयमा मतदाता शिक्षाका लागि कर्मचारी पनि नखटाएको होइन । सानो जिल्ला भए पनि अहिलेसम्म सबै मतदाताको घर घरमा मतदाता शिक्षाका लागि कर्मचारी नपुग्दा मतदान गर्ने समय नजिकिँदासमेत कसरी मतदान गर्ने भन्ने अन्योल देखिएको छ ।

गाउँको विकास गर्न लागि पर्ने नेतृत्वलाई जिताउने मन भएका यहाँका नागरिकलाई नजानेर आफुले हालेको मत बदर होला कि भन्ने चिन्ता छ ।

आठराई गाउँपालिकाका युवा मनिस लिम्बु आफूले सामाजिक सञ्जालमार्फत केहि जानकारी लिएको भए पनि अन्य मतदान प्रकृया र भोट हाल्ने कुरामा अनविज्ञ रहेको बताउँछन् ।

मतदाता शिक्षाका लागि आयोगबाट आएका कर्मचारीको नाक मुख नदेखेको बताउने उनीहरु खटिएका छन् भन्ने रेडियोबाट सुनेको लिम्बुले बताए ।

अहिले यस गाउँपालिकाका अधिकाँश नागरिकलाई खेत रोप्ने चटारो छ । ‘दिनभर खेलमै बित्छ, भोट हाल्न सिकाउन घरमा आएको भए थाहा छैन ।’ स्थानीय ज्ञानु डाँगी बताउँछन् ।

‘अहिले त ठूलो मत पत्र छ अरे Û गाउँका नेता पनि यो चिन्ह र उ चिन्हमा भोट दिनुपर्‍यो मात्रै भन्छन्, मतपत्रको आकार र कस्तोमा छाप हान्ने हो थाहा छैन । डाँगीले गुनासो गरे ।

दिनभर अलि/अैचला, धान रोप्न र जोत्नमानै वित्छ साँझ घरमा गए रेडियो सुन्यो चुनावको कुरा हुँदा केहि उत्साह लागे पनि मतदाता शिक्षाको कमीले आप\mनै गाउँपालिकामा धेरै मत बदर पो हुने हो कि भन्ने लाग्छ ।’ अर्का स्थानीय नरेन पौडेल दुखेसो गर्छन ।

भोट कसरी हाल्ने बारे ६१ वर्षीया लक्षिमा लिम्बु भन्छिन्, ‘माथिका मान्छे त कता गए कुन्नि, मलाई त नाती र छोराले भोट हाल्न सिकाको छ, कतै एउटा कतै दुईटा चिन्ह रैछ ।

यी त केहि उदाहरण मात्रै हुन्, तेह्रथुमको अधिकाँस गाउँपालिका र नगरपालिका अधिकांश स्थानमा मतदाता शिक्षाका लागि कर्मचारी नै पुगेका छैनन् । पुगेपनि वषर्ाका दिनमा घरमा सबै जना नभेटिँदा सिकाउन पाएका छैनन् । कति मतदाता शिक्षा दिनका लागि पुग्ने कर्मचारी पनि हतारमा दिएको तालिमको कारण पोख्त नहुँदा मतदाताले सोधेको प्रश्नमा अनविज्ञ देखिएका छन् ।

गाउँका उम्मेदवार, राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि आफु खुसी नागरिकलाई मतदानको प्रकृयाको बारे भन्दै हिँडेको पाइएको छ । कनै दलका उम्मेदवारले त आफ्नो चुनाव चिन्हमा मात्रै मतदान गर्न अन्याथा मत बदर हुने डर देखाएको स्थानीयको आरोप छ । आएका आयोगका कर्मचारीलाई दोहोर्‍याएर सोधे र्झकने गरको मतदाताको गुनासो छ ।

तेह्रथुमको दुई नगरपालिका र चार गाउँपालिकामा ८५ मतदान केन्ऽ छन् । ती केन्ऽहरुमा कम्तिमा पनि एक जनाका दरले ८५ जना बढी निर्वाचन शिक्षा कार्यकर्ताहरु खटिएका छन् ।

ती कर्मचारी आफूहरु सबैको घर घरमा पुगेर मतदाता शिक्षा दिएको निर्वाचन कार्यालयमा पुगेर सुनाउँछन् तर गाउँका नागरिकलाई असार १४ गते भोट हाल्ने बाहेक केहि थाहा छैन ।

उता मतदानबारे जानकारी दिन कार्यालय प्रयासरत रहेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment