Comments Add Comment

सत्तापक्षको ‘ज्यादती’मा निर्वाचन आयोग मौन बसेको एमालेको आरोप

प्रहरी प्रशासनको चरम दुरुपयोग भयोः महासचिव पोखरेल

६ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले दोस्रो चरणकेा निर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट हिंसात्मक र आचारसंहिता विपरित गतिबिधि हुँदा पनि निर्वाचन आयोग मौन बसेको आरोप लगाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले मंगलवार विज्ञिप्त जारी गर्दै आचारसंहिता पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । एमालेले बाजुरामा कांग्रेेसले आफ्ना कार्यकर्ताको हत्या गरेको, बाँकेमा माओवादीबाट आक्रमण भएको तथा दार्चुलामा समेत सत्तापक्षबाट एमालेमाथि हिंसात्मक घटना गराइएको दाबी गरेको छ ।

बाजुरामा उम्मेदवारी दर्ताका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो ।

बाजुराको छेडेदह हत्यकाण्डमा संलग्न व्यक्तिलाई जोगाउन प्रहरी प्रशासनको चरम दुरुपयोग गरिएको एमालेको आरोप छ । साथै बाँकेमा गृहमन्त्री जनार्दन शर्मामाथि माओवादीका चुनावी अभियानमा सहभागी हुने र मतदातालाई प्रलोभनमा पार्न राज्यका स्रोत साधनको दुरुपयोग गरेको आरोप लगाएको छ ।

एमालेले विज्ञप्तिमा भनेको छ-बाँकेकमा हाम्रो पार्टीले आमसभा गरिरहेको बेला अर्को सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ताले नजिकै गएर माइकिङ गर्ने र उत्तेजना फैलाउने काम गर्दै सभा विथोल्ने दुस्प्रयास गरेका छन् । सोलुखुम्बुको नेचा-सल्यानटार गाउँपालिकामा कांग्रेसका सांसदकै उपस्थितिमा हाम्रा कार्यकर्तामाथि हातपात गरिएको छ भने दार्चुलामा सत्तापक्षका कार्यकर्ताबाट हाम्रा कार्यकर्तामाथि आक्रमण गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment