Comments Add Comment

महानगरको निर्णय-भूकम्पपीडितका ट्याक्सी काठमाडौंमा नचलाइयोस्


६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितका नाममा काठमाडौंमा ट्याक्सी थप गर्ने निर्णयमा असहमति जाएको छ । महानगरपालिकाले काठमाडौंमा थप हुने भनिएको नयाँ ट्याक्सीलाई काठमाडौं उपत्यकाभन्दा अन्य क्षेेत्रमा केन्दि्रत गर्न आग्रह गरेको छ ।

नगर कार्यपालिकाको निर्णय सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले १४ जिल्लाका भूकम्पपीडितलाई वितरण गर्न लागिएको १५ सय वटा नयाँ ट्याक्सी काठमाडौंमा चलाउन नहुने बताए ।

‘भूकम्पपीडितलाई राज्यले गर्नुपर्ने सहयोग गरोस्, तर काठमाडौंमा थप ट्राफिक जाम हुने गरी ट्याक्सी नचलाइयोस् भन्ने हाम्रो आग्रह हो’ शाक्यले भने । उनले ट्याक्सी काठमाडौंबाहेक अन्य क्षेत्रमा थप्न सकिने बताए ।

उनले काठमाडौंमा ट्राफिक जाम बढिरहेको समयमा बाहिरी जिल्लाका पीडितका लागि क्षित गरेर ट्याक्सी थप गर्ने निर्णय वैज्ञानिक नभएको तर्क गरे । उनले १५ सय ट्याक्सी थप नगर्न यातायात ब्यवस्था विभागमा पत्राचार गर्ने निर्णय भएको बताए ।

भूकम्पपीडितका लागि भोलिदेखि गोलाप्रथा सुरु हुँदैछ । ३ दिनसम्म काठमाडौंमा गोलाप्रथा चल्नुअघि महानगरपालिकाले भूकम्पपीडितका नाममा काठमाडौंमा ट्याक्सी नचलाउन भनेको हो ।

मन्त्रीस्तरीय निर्णयमार्फत काठमाडौंमा भूकम्पपपीडितका लागि १५ सय ट्याक्सी थप्ने निर्णय भएको थियो । यसैगरी नगर कार्यपालिकाको बैठकले काठमाडौंमा ट्याक्सी मिटर नचल्ने प्रवृत्ति अन्त्य गर्न अनुगमन प्रभावकारी बनान नियका ट्राफिक प्रहरी महाशाखा र यातायात विभागलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सबै वडा कार्यालयहरुलाई सडक तथा फुटपाथ निर्माण तथा मर्मतका लागि १० लाख, ढुंगा र इँटा छाप्न ७ लाख, ढलक मर्मतमा ३ लाख, सडक सफाइमा २ लाख, अतिथि सत्कारका २५ हजार रुपैयाँ गरेर २२ लाख २५ हजार निकासा दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment