Comments Add Comment

झापामा मेयर र उपमेयरसहित २३ जनाको उम्मेदवारी फिर्ता (सूचिसहित)

६ असार, झापा । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका झापाका विभिन्न तहबाट उम्मेदवारी दर्ता गराएका २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा मेयर, उपमेयर, वडाध्यक्षसहित वडा सदस्यका दाबेदार छन् । एक जनाको उमेर हद नपुगेका कारणले उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय, झापाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर थेबे नाम फिर्ता लिएका छन् । यस्तै उपमेयरमा उम्मेदवारी लिएका मङ्गलसिंह राजवंशी र बिमला प्रसाईँले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

कुन तहमा कसले उम्मेदवारी फिर्ता लिए ?

मेचीनगर नगरपालिका: वडा सदस्य, स्वतन्त्र उम्मेदवार, वडा नम्बर ३, धनबादुर थापा मगर

भद्रपुर नगरपालिका: वडाध्यक्ष, संघीय समाजवादी फोरम, वडा नम्बर ७, छत्रबहादुर राई
वडाअध्यक्ष, नेपाली कांग्रेस, वडा नं. ४, मनकुमार राजवंशी
वडाध्यक्ष, स्वतन्त्र, वडा नम्बर ७, बुद्धिराज कोइराला
वडा सदस्य, नेपाली कांग्रेस, वडा नम्बर ४, मुक्तिनाथ दाहाल

कनकाई नगरपालिका: वडाध्यक्ष, माले, वडा नम्बर ३, घनश्याम उप्रेती

अर्जुनधारा नगरपालिका: वडाध्यक्ष, स्वतन्त्र, वडा नम्बर ३, बुद्धिवीर विक ्

गौरादह नगरपालिका: वडाध्यक्ष, राप्रपा, वडा नम्बर २, शेषलाल राजवंशी,
वडा सदस्य, स्वतन्त्र, वडा नं. २, शिवशंकर दाहाल

शिवसताक्षी नगरपालिकाः मेयर, स्वतन्त्र, धनबहादुर थेबे
स्वतन्त्र उपमेयरहरुः मङ्गलसिंह राजवंशी र बिमला प्रसाईँ,
वडाध्यक्षः हस्तराज थेवे, श्रीप्रसाद राजवंशी स्वतन्त्र,
सदस्यः कृष्णमोहन ताज, स्वतन्त्र,

कमल गाउँपालिकाः अध्यक्ष, स्वतन्त्र, महेन्द्रराज पौडेल,

बाह्रदशी गाउँपालिकाः खारेज उमेर नपुगेरः वडा सदस्य, राप्रपा, रीमा दर्जी
उपाध्यक्ष, स्वतन्त्र, मुना तिवारी

झापा गाउँपालिकाः अध्यक्ष, राप्रपा, चन्द्रहादुर कार्की

बुद्धशान्ति गाउँपालिकाः अध्यक्ष, राप्रपा, डिल्लीप्रसाद गौतम
वडा सदस्य, राप्रपा वडा नम्बर ३, केदारनाथ ढुंगाना
वडाध्यक्ष, राप्रपा वडा नम्बर ५, टेकबहादुर रिजाल
महिला सदस्य, राप्रपा वडा नम्बर २, शान्तादेवी अधिकारी
वडाध्यक्ष, राप्रपा वडा नम्बर २, राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment