Comments Add Comment

नेपालको फेयरफिल्ड म्यारियटमा आइएफसीको थप २७ करोड ५० लाख लगानी


६ जेठ काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल म्यारियटको ठमेलमा सञ्चालित चार तारे होटल फेयरफिल्ड म्यारीयटमा विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय बित्त निगम (आइएफसी)ले थप २७ करोड लगानी गरेको छ ।

यसअघि नै २७ करोड लगानी गरिसकेको आइएफसीले थप २७ करोड लगानी गरेको फेयरफिल्ड म्यारियटले जनाएको छ । आइएफसीले नेदरल्याण्डस्थित डेभलपमेन्ट बैंकमार्फत
यो होटल केही महिना अघिदेखि मात्रै हालैमात्रै सञ्चालनमा आएको छ ।

यो बजेट होटल हो, अर्थात बजेटका हिसाबले बस्नका लागि सस्तो पर्ने होटलमा यो होटल पनि पर्छ । होटलमा अन्तर्राष्ट्रिय स्तरका १ सय १५ कोठा छन् ।

जसमध्ये ७१ वटा डिलक्स किङ बेड रुम छन् भने अन्य ४३ वटा डिलक्स टुइन बेड रुम हछन् । कोठामा ४० इन्चको एलइडी टेलिभिजन, रेफ्रिजेरेटरका साथै चिया तथा कफी मेकर पनि छ ।

यो होटलमा झण्डै डेढ सय जनाको क्षमतायुक्त कुजिन रेष्टुरेण्ट, कफी सप र आउटडोर डाइनिङ सञ्चालनमा छ ।

एमएस ग्रुपको झण्डै एक अर्बको लगानीमा निर्माण भएको यो होटलमा म्यारियटले व्यवस्थापनको जिम्मा लिएको छ । म्यारीयटले यो होटल ३० वर्षका लागि ब्यवस्थापनको जिम्मा लिएको हो ।

म्यारीयटकै अर्को पाँच तारे होटल भने नक्सालमा निर्माण हुँदै गरेको छ जसको अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment