Comments Add Comment

तलव सुविधा नतोकिँदै काठमाडौं महानगरका जनप्रतिनिधि आफैंले छुट्याए ३५ लाख


६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको तलव सुविधाका लागि ३५ लाख बजेट छुट्याएको छ ।
सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलव तथा सेवासुविधाबारे छिट्टै निर्णय गर्ने बताएको छ ।

स्थानीय विकास मन्त्रालयले प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई मासिक तलव नै दिनुपर्छ भन्दै लबिङ गरिरहेको छ । केही समय पहिले धुलिखेलमा भएको अभिमुखिकरण तालिममा पनि मन्त्रालयका अधिकारीहरुले प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई सेवा सुविधा दिलाउने आश्वासन दिएका थिए ।
मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको बजेटबाट तलव सुविधाका लागि भन्दै बजेट छुट्याएको हो । बजेटमा तलब पारिश्रमिक सुविधा शीर्षकमा विनियोजित बजेटमा फरक नपर्ने गरी उपशीर्षकहरुमा ३५ लाख बजेट थपघट गर्ने निर्णय गरिएको मेयर विद्यासुुन्दर शाक्यले बताएका छन् ।तर, काठमाडौं महानगरका जनप्रतिनिधिले आफ्नो सेवा सुविधाबारे हतारिएर निर्णय गरेका छन् ।

स्थानीय विकास मन्त्रालयका एक अधिकारीले महानगरको निर्णयप्रति आश्चर्य प्रकट गरे । बजेट र कार्यक्रम संशोधन गर्ने अधिकार सभालाई मात्र भएको भन्दै उनले भने, ‘ऐन बनेपछि स्थानीय तहले आफैं कानुन बनाएर गर्न सक्छ । तर, अहिले नै तलव सुविधाका लागि हतार गरेको जस्तो देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment