Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः उम्मेदवारले पाए चुनाव चिह्न, तात्दै चुनावी माहोल

७ असार, काठमाडौं । स्थानीय तहका दोस्रो चरणको निर्वाचनका उम्मेदवारहरुले मंगलबार चुनाव चिह्न पाएका छन् । संसद्भित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र निर्वाचन चिह्न पाएको खबरलाई आजका पत्रपत्रिकाहरुले छापेका छन् । निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरु पार्टीको पक्षमा जनमत तान्न विभिन्न जिल्लामा सक्रिय भएको खबरलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् ।

नयाँ पत्रिका दैनिकले दलका शीर्ष नेता निर्वाचनमा खटिएको विषयलाई मुख्य खबर बनाएको छ । वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा राजदरबार हत्याकाण्ड भएको प्रचण्डको खुलासालाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ । नयाँ पत्रिकामा देशैभर मनसुन सक्रिय भएको र यसवर्ष औसत पानी पर्ने समाचार पनि छ ।

‘चार घन्टामै केरुङ’ शीर्षक दिएर मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचन गतिविधिका विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

आजको कान्तिपुर निर्वाचनमय छ । कान्तिपुरले उम्मेदवारले चुनाव चिह्न पाएकोदेखि धरानको चुनावी विश्लेषणसम्मलाई पहिलो पृष्ठमा लेखेको छ ।

नागरिक दैनिकले प्रदूषण शुल्क चार अर्ब नाघेको लेखेको छ । नागरिक दैनिकले महानगरका प्रत्येक वडालाई २२ लाख बजेट छुट्याइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment