Comments Add Comment

कोहलीसँगको मतभेदपछि भारतका प्रशिक्षक कुम्बलेले दिए राजीनामा

७ असार, काठमाडौं । अनिल कुम्बलेले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

कप्तान विराट कोहलीसँगको विवादका कारण उनले राजीनामा दिएका हुन् । कुम्बलेको कोचिङ स्टाइलप्रति कोहलीको असहमति थियो ।

उनको एक वर्षको कार्यकाल समाप्त भइसकेको थियो । र, मे महिनामा भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदनसमेत आह्वान गरिएको थियो । तर, कुम्बलेको कार्यक्रम एक वर्ष थप्ने प्रस्ताव आएको खबर पनि आयो ।

भारतीय क्रिकेट टिम मंगलबार नै लण्डनबाट वेष्ट इण्डिजतर्फ लागेको छ । अन्तिम समयमा कुम्बले भारतीय टिमसँग रहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment