Comments Add Comment

श्रीदेवीको खुलासा, ‘म चाहन्छु कि, जान्ह्वीले बिहे गरुन्’

श्रीदेवीकी छोरी जान्ह्वी कपुर बलिउडमा इन्टि्र गर्ने चर्चा लामो समयदेखि चल्दै आएको छ । उनी अक्सर सार्वजनिक कार्यक्रममा आमा श्रीदेवीसँगै प्रस्तुत पनि हुँदै आएकी छिन् । अर्कोतिर जान्ह्वीको लभ-अफेयरको चर्चाले समेत बलिउड तताउने गरेको छ । यसै मेसोमा आमा श्रीदेवीले एक अन्र्तवार्तामा खुलासा गरिन् कि, ‘जान्ह्वी फिल्ममा आउन चाहन्छिन् । तर, म चाहन्छु कि उसले बिवाह गरेर घरगृहस्थी सुरु गरोस् ।’

उनले के पनि भनिन् भने, जान्ह्वी ‘स्टुडेन्ट अफ द इयर-२’ मा काम गर्न चाहन्छिन् । तर, श्रीदेवी उनको फेवरमा छैनन् ।

–    श्रीदेवी भन्छिन्, ‘म सोच्दिन कि फिल्म उद्योग नराम्रो छ । किनभने म पनि त्यसकै एक अंश हुँ । तर, म एक अभिभावक भएको नाताले जान्ह्वीले बिहे गरेकोमा बढी खुसी हुनेछु ।’

–    श्रीदेवीले भनिन्, ‘म छोरीसँग हालै एक भोजमा सामेल भएँ । तर, त्यहाँ मानिसले सोचे कि मैले जान्ह्वीलाई प्रमोट गरिरहेको छु ।’

के गर्छिन् जान्ह्वी ?

जान्ह्वीले कुन फिल्मबाट बलिउड डेब्यु गर्छन् भन्ने विषयमा अनेक अडकलबाजी भएका छन् । पछिल्लो चर्चा के छ भने उनले मराठी फिल्म ‘सैराट’को हिन्दी रिमेकबाट डेब्यु गर्नेछिन् । यस फिल्ममा उनले इशान खट्टरसँग स्त्रिmन शेयर गर्नेछिन् । इशान शाहिद कपुरका भाई हुन् । इशानको यो दोस्रो फिल्म हुनेछ । सैराट मराठी ब्लकबस्टर फिलम हो, जो अघिल्लो बर्ष रिलिज भएको थियो । सय करोड क्लबमा सामेल हुने यो पहिलो मराठी फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment