Comments Add Comment

टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ?

योग टिप्सः कस्तो अवस्थामा योग गर्नुहुँदैन ?

विश्वमा जस्तै नेपालमा पनि अस्तव्यस्त जीवनशैली र अस्वस्थ्यकर खानपानले रोगीहरुको संख्या बढ्दो छ, । यस्तो अवस्थामा रोगका अनेक निदान खोज्न थालिएको छ । त्यसमध्ये प्राकृतिक विधी सर्वोत्तम मानिएको छ । कुनै पनि रोगबाट छुटकारा पाउने प्राकृतिक पद्दतिमा योग सबैभन्दा प्रभावकारी देखिएको छ ।

योग के हो ?

योग भनेको संस्कृत शब्द हो । यसको अर्थ जोडिनु वा एक आकार हुनु हो ।

योग परिभाषा व्यापक छ । तर, अहिलेको सन्दर्भमा आम जनतालाई बुझाउने सबैभन्दा सजिलो माध्यम भनेको स्वास्थ्य हो । अहिले योग सबैभन्दा बढी स्वास्थ्यका लागि आवश्यक छ ।

योगका तीन आयाम हुन्छन्,

१. आसन

२. प्राणायाम

३. ध्यान ।

यही तीन आयामबाट मानिसहरु शारीरिक र मानसिक रुपमा स्वस्थ हुने गर्छ । योगाबाट योग सुरु हुन्छ । तर, त्यो अन्त्यमा आध्यात्ममा पुगेर टुङ्गन्िछ । यो प्रयोग र अनुभूतिको विज्ञान हो ।

योग नै किन ?

अहिलेको व्यस्त जीवनमा मानिस विभिन्न रोगले ग्रस्त छन् । तनावमा बाचिरहेका छन् । यस्तो पृष्टभूमीमा योग एक विधी हो, जसले शरीरिक, मानसिक तथा आध्यात्मिक रुपमा मानिसलाई स्वस्थ्य राख्न मद्दत गरेको छ ।

कुन अवस्थामा योग गर्नुहुँदैन ?

शल्यक्रिया गरेका, उच्च रक्तचाप, मधुमेहका विरामी, गर्भवती महिला, मासिक रक्तश्राप भएका, ढाडका विरामीले योग गर्दा विशेष ध्यान दिनुपर्छ । योग सबैले गर्नुपर्छ । तर, विधी सबैको एकै नहुन सक्छ ।

उच्च रक्तचाप भएका व्यक्तिको के-कस्तो आसन गर्ने भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

त्यस्तै, खाना खाएको पाँच घण्टासम्म योग गर्नु शरीरका लागि हानीकारक हुनसक्छ । किनकि योग गर्दा पेट खाली हुन आवश्यक छ ।

कतिपय योग गुरुहरुले निश्चित समयपछि योग छोड्न सकिने बताउँछन् । तर, एक पटक योग गरेपछि त्यसलाई छोड्नु नितान्त गलत हो । जुन रोग लिएर मानिस योग गर्न आउछन्, त्यही रोगमा आधारित रहेर योग गुरुले विभिन्न आसन तथा योगा सिकाउनु पर्छ । यसमा मेडिटेसन र मेडिकेशनको अहम भूमिका हुन्छ ।

त्यस्तै, योग गर्ने व्यक्तिले ‘म किन योग गर्दैछु’ र ‘के का लागि गर्दैछु’ भनेर बुझन् आवश्यक छ । योग गर्दा हल्का, छरितो लुगा लगाउनु पर्छ ।

टेलिभिजनको भरमा योग सिक्नु ठीक कि बेठिक ?

कतिपयले टीभी हेरेरै योग गर्ने गर्छन् । तर, कतिपय योग सबैका लागि हुँदैन । त्यसले शरीरलाई हानी पुर्‍याउन सक्छ । विशेषगरी घरको काम सकेर योग गर्न बस्दा शरीरमा थप बल पर्न सक्छ । त्यो नहोस् भन्नका लागि पनि योग गर्नु अघि शरीरलाई तताउनु जरुरी छ ।

त्यसका लागि तालिम प्राप्त विशेषज्ञहरुसँग कम्तिमा एक महिना पहिले योग कसरी गर्ने भन्नेबारे जान्न जरुरी छ ।

योग र खानपान

योगा गर्ने मानिसको आहार स्वस्थकर भएमा त्यसले योगलाई अझ प्रभावकारी बनाउँछ । त्यसैले यो अनोन्याश्रति छ । यी दुवैलाई सँगसँगै लैजान निकै आवश्यक छ । जे मन लाग्यो, त्यही खायो र जीवनशैली बदल्न सकिएन भने पनि योगा प्रभावकारी हुँदैन ।

यद्यपि खान नखाएर जीउ घट्छ भन्नु पूर्णतया भ्रामक छ । यदी मोटो मानिसलाई कार्वोडाइड्रेटको मात्रा बढी छ भने उसले रोटी खानु पर्छ, सुत्नु अघि मासु खानाले शरीरको तौल बढेको छ भने त्यस्ता खानेकुरा छोड्नु उत्तम हुन्छ । तर, खानै छोड्नु हुँदैन ।

हाम्रो शरीरमा तीनवटा तत्व हुन्छ । वाफ, कफ र पित्त । कफ प्रदान शरीर त्यसै मोटो हुने भएकाले उनीहरुले जे खाए पनि शरीरमा लाग्छ । त्यो मासुमा रुपान्तर हुन्छ । वाफ प्रदान शरीरमा खाएको खाना वाफमा परिणत हुने भएकोले दुब्लो मानिसले जति खाए पनि मोटाउँदैन । उनीहरुलाई मोटाउन समय लाग्छ । त्यसैले, त्यस्ता मानिसहरुले सही आहार खान जरुरी छ ।

व्यस्त जीवन र योग

हामीले जीवनलाई आफै व्यस्त बनाएका छौं । यस अर्थमा हाम्रो एउटा दिमागले हामी व्यस्त छौं भनिरहेको हुन्छ भने अर्को दिमागले हाम्रो काम छैन भनिरहेका हुन्छांै । जसलाई हामी आफैले बुझन् जरुरी छ । जबसम्म हाम्ीले यो कुरा बुझ्दैनांै, हामी अगाडि बढ्न सक्दैनांै । त्यसैले व्यस्त जीवनमा योग झन् अनिवार्य छ ।

किनकि व्यस्त जीवनमा चौतर्फी रुपमा तनाव छ । मानिस चिन्तामा छ । एउटी महिलालाई आफ्नो श्रीमानदेखि सबैलाई हेर्नुपर्न हुन्छ । एउटा बच्चालाई पढाइको तनाव हुुन्छ । त्यो तनावबाट बाहिर निस्कन पनि योग जरुरी छ । योगले तपाई ध्यान केन्दि्रत, तनावरहित तथा ताजा राख्छ ।

के योग अनिवार्य छ ?

योगमा आसन, प्राणायाम र ध्यान पर्दछ । तर दैनिक जीवनमा हामी योग भन्नासाथ सामान्य आसनलाई मात्र बुझ्छौ । जबकि यो सबैलाई जरुरी छ । सबैलाई आराम चाहिन्छ । कडा परिश्रम गर्नेलाई पनि योग जरुरी छ भने परिश्रम नगर्नेलाई योग झनै जरुरी छ ।

हुन त शारीरिक व्यायाम र योग भिन्न कुरा हो । शारीरिक व्यायाम शारीरिक सुगठनलाई ध्यानमा राखेर गरिन्छ । जबकि योगमा स्वासको माध्यमद्वारा व्यायाम गराउँछ, जसले तपाईले आनन्द तथा आराम प्रदान गर्छ । त्यसैले, शारीरिक व्यायाम गर्नेहरुलाई मानसिक रुपमा शान्त रहन पनि योगाा जरुरी छ ।

व्यायामले बल प्रदान गर्छ भने योगाले शरीरलाई शक्ति प्रदान गर्छ । बलले तपाईलाई चार जनालाई मानिसलाई लडाउन सक्छ भने भित्री शक्तिले तपाईलाई रोगसित लड्ने क्षमता बढानुका साथै शरीरलाई शक्ति प्रदान गर्छ ।

युवा र योग

विश्वमा लाखौंको संख्यामा दुव्र्यसनीहरु रहेका छन् । एक तथ्यांक अनुसार नेपालको कुल जनसंख्यामध्य करिब ६० लाख मानिस कुनै न कुनै प्रकारको मानसिक समस्या छ । त्यस्तै, प्रत्येक ४ मध्य एक नेपालीलाई मानसिक समस्या छ ।

अहिले दिनप्रतिदिन आत्महत्याको समस्या बढ्दो छ ।

विशेषगरी बेरोजगारीका कारण पनि युवाहरु फेसबुक, इन्ट्राग्राम लगायतका फजुलको काममा व्यस्त छन् । त्यस्ता मानिसहरु जीवनमा अगाडि बढ्नका लागि पनि उत्पे्ररणा तथा योगा जरुरी छ ।

दिनमा कम्तिमा २० मिनट योग जरुरी छ

दिनमा कम्तिमा २० मिनटदेखि डेढ घण्टा योग गर्न सकेको खण्डमा कुनै पनि मानिस शारीरिक, मानसिक र आत्धामिक रुपबाट स्वस्थ्य रहन्छ । प्राणायमले कम क्यालोरीमा बढी शक्ति प्रदान गर्छ । यो अनुभूति गर्न सकिन्छ ।

मानसिक स्वास्थ्य र योग

योगमा ८४ लाख योगाासन हुन्छ । तर, त्यसमध्ये प्रयोगमा ८४ आसन हुुन्छ । त्यो मध्यको एउटा आसन प्राणायमले पनि शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ । प्राणायमको माध्यमले शरीर सिधा हुन्छ । शरीर सिधा हुदाँ रगतमा हुने अक्सिजन शरीरको सम्पूर्ण भागमा पुग्छ ।

उक्त अक्सिजन मस्तिष्कमा प्रवाह हुदाँ तपाईलाई तनाव कम हुनुका साथै तपाईको सोच्न सक्ने तथा सम्झन सक्ने क्षमतामा वृद्धि हुन्छ ।

योग र रोग

योग र रोग दुबै भिन्नाभिन्नै विषय हो । योगको प्रभावकारिता रोगमा निर्भर गर्छ । रोग कत्ति पुरानो छ , त्यसका आधारमा योगले काम गर्छ । यस अर्थमा एक महिना योग गर्दैमा सबै रोग निको हुन्छ भन्नु गलत हो ।

कुनै-कुनै पुरानो रोग निको हुन २/४ वर्ष पनि लाग्न सक्छ । त्यसको लागि निरन्तरको योग आवश्यक छ । तर, त्यसका लागि धैर्यता जरुरी छ । योग भनेको नलागेकालाई लाग्न नदिने र लागेकालाई निको पार्ने हो । त्यसैले पनि योगमा धैर्यता आवश्यक छ । किनकि यसले कुनै पनि रोगलाई भित्रैदेखि नष्ट पार्ने काम गर्छ ।

कतिपय अवस्थामा किटाणुले मात्र रोग निम्त्याउने नभई तनावका कारण पनि रोग लाग्ने गर्छ । प्राणायामको मद्दतले पनि भित्रैदेखि तनाव हटाउने काम गर्छ । तपाईको शरीरा तनाव कम हुनासाथ तपाईको शरीरबाट रोग आफै हटेर जान्छ, त्यसैले यसलाई गहन विज्ञान पनि भनिन्छ ।

योगको पृष्ठभूमि

योग पहिले साधुसन्तबाट आएको हो । उनीहरुले आफूभित्र रहेको इश्वरतलाई जान्नका लागि योग गर्थे । अहिले अवस्था परिर्वतन भइसकेको छ । अहिले बद्लिदो जीवनशैली तथा विषाक्त खानपानका लागि पनि योग जरुरी छ । योग स्वास्थ्यका लागि मात्र नभई दैनिक जीवनको लागि समेत आवश्यक छ ।

अन्तराष्ट्रिय योग दिवसको सान्दर्भिकता

पहिले योग लुप्त थियो । ऋषिमुनिहरुले मात्र योग गर्थे । विभिन्न कालखण्डमा विभिन्न ऋषिमुनी आएर उनीहरुले प्रचार गरे । अलिहे मानिसहरु शारीरीक र मानसिक रुपमा अस्वस्थ छन् । उनीहरुलाई स्वस्थय रहन पनि योग आवश्यक छ । योगले ती कुरा प्राप्त गर्ने हुदाँ यो संसारभर फैलियो । योगको उपयोगिताबारे मानिसहरुलाई अझ विस्तृत रुपमा बुझाउन अन्तरराष्ट्रिय योग दिवस मनाउन थालियो ।

नेपालमा करिब ३६ वष अगाडि डा. हरिप्रसाद पोखरेलद्वारा माघ १ गतेलाई विश्व योग दिवसका रुपमा मनाउन थालिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोेदीले संयुक्त राष्ट्र संघमा योग दिवसका अवधारणा लगेसँगै विगत तीन वर्षदेखि नेपालमा पनि अन्तराष्ट्रिय योग दिवस मनाउन थालिएको छ ।

( विगत १२ वर्षदेखि योग पेशामा आवद्ध काठमाडौ काभ्रेस्थलीका योग गुरु फुँयालसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment