Comments Add Comment

ब्रान्ड जोगाउनु ‘सायद २’को चुनौती


असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सायद २’सँग केही चुनौतीहरु छन् । केही बर्ष अगाडि रिलिज भएको चलचित्र ‘सायद’ले राम्रो व्यापार गरेको थियो । यसैले पनि दुर्गिस फिल्मस्ले निर्माण गरेको चलचित्र ‘सायद २’लाई ‘सायद’को ब्रान्ड जोगाउन आवश्यक छ ।

यूवापुस्ता लक्षित यो चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई सुनिल रावल, इश्वर श्रेष्ठ र सुभास लामिछानेले मिलेर निर्माण गरेका हुन् । चलचित्रको विशेष शो जापानमा आयोजना भैसकेको छ ।
यसैविच, प्रचारमा नयाँ नयाँ शैली अपनाइरहेको यो चलचित्रको निर्माणपक्षले फेसबुकमा प्रोफाइल पिक्चर्स परिवर्तनको शैली अगाडि ल्याएको छ ।

फेसबुकमा सर्वाधिक प्रोफाइल पिक्चर्स बनाउने २ जनालाई पोखरामा २ दिनको भ्रमणको व्यवस्था गरिने निर्माणपक्षले बताएको छ ।
‘सायद’ले लागूपदार्थ दूव्र्यसनिको कथालाई उठान गरेको थियो भने ‘सायद २’ले यूवापुस्ताको प्रेम कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment