Comments Add Comment

तिङ्लाको विद्रोह ! ‘नो भोट’ अभियान सफल, सबैको उम्मेदवारी फिर्ता

७ असार, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित तिङ्ला गाउँको ‘नो भोट’ अभियान सफल भएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने तिङ्वाबाट यो चुनावमा कोही पनि उम्मेदवार छैनन् । नेपाली कांग्रेसका टङ्क कार्कीले वारेसनामाबाट दिएको उम्मेदवारी खारेज भएको छ । योसँगै दुई जनाको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ ।

ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएपछि वडा नम्बर ६ जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचा सल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए । तर, नेपाली कांग्रेसका सांसद बलबहादुर केसीले टङ्क कार्कीलाई उम्मेदवार बनाउन खोजेपछि तिङ्लावासीले उनीहरुलाइै बिचमै रोकेका थिए ।

केसीले वारेसनामामार्फत कार्कीको उम्मेदवारी दर्ता गराए । लगतै स्वतन्त्र उम्मेदवारी परेको थियो । कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गरेकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै फिर्ता लिएका छन् ।

आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएका तिङ्लावासीले निर्वाचनको अन्तिम घडीमा पनि अडान कायम राखेका छन् । यो चुनावमा भाग नलिने यो सम्भवत नेपालमै पहिलो वडा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment