Comments Add Comment

यी सूत्र, जसले तपाई उत्कृष्ट जीवन पाउनुहुनेछ

जीवनमा कसरी सफलता प्राप्त गर्ने ? हरबखत हामीलाई यहि प्रश्नले लखेटिरहेको हुन्छ । सफलता पाउनका लागि त्यही अनुरुपको लगाव, श्रम हुनुपर्छ । तर, त्यतीले मात्र पनि पुग्दैन । सफलताको लागि लक्ष्य बनाउनु पर्छ । अतः लक्ष्य प्राप्तीको लागि सार्थक प्रयास गर्नुपर्छ ।

हामी हरेक दिन नयाँ नयाँ योजना बनाउँछौ । जीवनमा के गर्ने, कसरी सफलता पाउने भनेर घोत्लिन्छौ । यद्यपी सफलता हामीले सोचे जसरी प्राप्त भइरहेको हुँदैन ।

यस्तो योजना तय गर्नुपर्छ, जसले आफ्नो जीवन उत्कृष्ट हुन सकोस् । जीवनमा परिवर्तन ल्याउन सकोस् । त्यो योजनमा यस्ता सबै टिप्स सामेल गरौ, जसले जीवन उत्कृष्ट बनाउँछ र सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

हरेक महिना राम्रो बानी विकास गरौं

हरेक महिना कम्तिमा एउटा राम्रो बानीको विकास गरौं । कुनै कुलत छ भने त्यसलाई छाडौं, अल्छीपन छ भने त्यसलाई त्यागौं । विहान धेरै समय सुत्ने बानी छ भने बिहान चाडै उठ्ने अभ्यास गरौं । फलफूल सेवन गर्न जाँगर चल्दैन भने, फलफूल सेवनमा जोड दिऔं । क्रमस आफुमा यस्तो सुधार ल्याउनुहोस् कि, जसले तपाईको जीवनलाई उत्कृष्ट तुल्याउन सक्छ ।

 असल र भरपर्दो साथीको सर्कल बनाउनुहोस्

जीवनलाई उत्कृष्ट बनाउनका लागि तपाईको साथी-सर्कल पनि सकारात्मक, उर्जावान र भरपर्दो हुनुपर्छ । भनिन्छ, यस्ता साथीको सर्कल बनाउनु भयो भने तपाईको तनाव धेरै हदसम्म कम हुन्छ । तपाईमा सकारात्मक उर्जा प्रवाह हुन्छ । असल मित्र भनेको जीवनमो अनमोल सम्पति हो । यस्तो सम्पति तपाईसँग जति धेरै हुन्छ, उत्तिनै सहज र सुखमय जीवन बिताउन सकिन्छ ।

बिहान चाडै उठ्नुहोस्

जीवनमा स्वस्थ्य र खुसी रहने एक राज हो, बिहान चाडै उठ्नु । यसले तपाईको अतिरिक्त समय पनि बचत हुन्छ । शरीरमा स्फूर्ति बढ्छ ।

जीवनको प्रत्येक पलको आनन्द लिनुहोस्

तपाई चाहे काम गर्नुहोस् वा खाना खानुहोस् । व्यायाम गर्नुहोस् वा पुस्तक पढ्नुहोस् । यी हरेक गतिविधिसँग रमाउन सिक्नुपर्छ । जीवनमा आइपर्ने जतिपनि काम छन्, त्यसबाट आनन्द लिन सिक्नुपर्छ । आफैले आफुलाई खुसी तुल्याउनुहोस् । यसले तपाईको जीवन उत्कृष्ट हुन्छ ।

पैसा बचाउन प्रयास गर्नुहोस्

अनावश्यक खर्चलाई कटौती गर्नुहोस् । मितव्यायिता अपनाउनुहोस् । आश्वयक चिजहरुलाई प्राथमिकतामा राखेर खर्च गर्ने बानी गर्नुहोस् । यसले गर्दा अनावश्यक खर्च हुँदैन र व्यायभार बढ्दैन । जति-जति तपाईको पैसा बचत हुन्छ, उत्तिनै जीवन सहज र हलुंगो हुन्छ । यद्यपी आवश्यक परेको खण्डमा भने खुला मनले खर्च गर्न पनि तयार हुनुपर्छ ।

हाँस्ने र हँसाउने कुरालाई जीवनको हिस्सा बनाउने

भनिन्छ, जसले हाँस्न जानेको, उसले बाँच्न पनि जानेको छ । उन्मुक्त हाँस्नुहोस् । यसले तपाईको स्वास्थ्य राम्रो हुन्छ, मन प्रशन्न हुन्छ । तपाई आसपासको वातावरण पनि राम्रो हुन्छ । अरुलाई हँसाउने, आफुपनि हाँस्ने गर्नुहोस् ।

सधै केहि राम्रो काम गर्ने प्रयास गर्नुहोस्

दिनमा हामी धेरै काम गरिरहेका हुन्छौ । कति काममा हाम्रो ध्यान गएको हुँदैन, कति कामप्रति हाम्रो रुची हुँदैन । त्यही कारण हामीले गरेका सबै कामले राम्रो नतिजा दिदैन । हामी जे काम गर्छौ, त्यसलाई कसरी उत्कृष्ट ढंगले गर्ने भन्ने कुरामा सधै प्रयासरत हुनुपर्छ । आफुले गर्ने कामलाई नयाँ र क्रिएटिभ ढंगले गर्नुपर्छ । साथै मानिससँग राम्रो बोलने, राम्रो व्यवहार गर्नुपर्छ ।

दिनमा केहि समय एक्लो रहन सिक्नुहोस्

हामी अक्सर अरुसँग व्यस्त रहन्छौ । अधिकांस समय धपेडीमा वित्छ । तर, दिनमा केहि क्षण नितान्त एक्लो हुनुहोस् । कम्तिमा पनि १० मिनेट एक्लो रहनुहोस् । यस समयमा तपाई केहि नयाँ सोच्न र नयाँ नयाँ योजना बनाउन सक्नुहुनेछ । दिनमा केहि समय एक्लो रहनुको फाइदा भनेको मनको शान्ति पनि हो ।

सबै नराम्रो कुरा भुल्नुहोस्

जीवनको अर्थ हो, अघि बढ्नु । र, अघि बढ्नका लागि पछाडिको कुरा भुल्नुपर्छ । बिगतका कमजोरी, गल्तीमा पछुतो गरेर केहि फाइदा छैन । विगतका ति सबै कुरा भुल्नुहोस्, जसलाई सम्झदा तपाई राम्रो महसुष गर्न सक्नुहुन्न ।

स्वंमलाई अनुशासित बनाउनुहोस्

जीवनमा त्यहीबेला सकारात्मक परिवर्तन आउँछ, जब तपाई स्वंम अनुशासनमा रहनुहुन्छ । जीवनमा अनुशासन एकदमै जरुरी छ । अनुशासित जीवनमा सफलता मिल्नु धेरै सजिलो छ । यदि तपाई स्वंम अनुशासित हुनुहुन्न भने, अरुलाई अनुशासनमा राख्न पनि सक्नुहुन्न । अरुलाई देखाउनका लागि होइन, आफ्नै जीवनका लागि अनुशासित हुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment