Comments Add Comment

भूकम्पपीडितको लागि ट्याक्सीको गोलाप्रथा सुरु


७ असार, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितको पन्ध्र सय थान ट्याक्सीको नम्बर प्लेट वितरणका लागि बुधबारबाट गोलाप्रथा सुरू भएको छ । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ ।
जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न सुरू गरिएको छ । अाज, भोलि र पर्सी तीन दिन लगातार गोलाप्रथा गरिँदैछ । ललितपुरको च्यासलमा सार्वजनिक कार्यक्रम गरेरै गोलाप्रथा सुरु भएको हो ।

यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका छन् ।

विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ ।
सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।

भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।
अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ । निर्वाचान आचारसंहिताका कारण पटक-पटक गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो ।

कुन दिन कुन जिल्लाको गोलाप्रथा ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment