Comments Add Comment

नुवाकोटको बुढीसेरामा रोपाइँ मेला हुने


७ असार, काठमाडौं । गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले यो वर्ष पनि असार १५ गते रोपाइँ गर्दै धान दिवस मनाउने भएको छ । संस्थाले गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत छ वर्षदेखि यो दिवस मनाउँदै आईरहेको छ ।

यो बर्षको धान दिवस नुवाकोटको शिवपुरी गाउँपालिकामा वडा नम्बर ७ स्थित बुढीसेरामा मनाइने भिटोफका कोषअध्यक्ष गगनराज न्यौपानेले बताए ।

‘यो गाउँ पर्यटकीय हिसावले समेत महत्वपूर्ण छ, राजधानीबाट ३५ किलोमिटर मात्र टाढा रहेकोले यो गाउँ भएर नेपाल आउने पर्यटकको प्रमुख गन्तब्य मानिने लाङटाङ र गोसाइकुण्ड समेत जान सकिन्छ’ उनले भने, ‘नेपाल गाउँनै गाउँले भरिएको देश हो, जब गाउँको विकास हुन्छ तब न देशको विकास हुने हो ।’

कार्यक्रममा स्थानीय संस्कृतिका कार्यक्रम समेत गर्नुका साथै दहीचिउरा खाने कार्यक्रम रहेको बताए । भिटोफका महासचिव बासु पाण्डेले सरकारले गाँउ पर्यटनलाई महत्व दिनु पर्नेमा ध्यानै नदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment