Comments Add Comment

कांग्रेसले ‘बागी’लाई कार्वाही गर्ने

७ असार, काठमाडौं । यही असार १४ गते हुँने दोस्रो चरणको स्थानीय तह चुनावमा वागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसले कार्वाही गर्ने जनाएको छ ।

वागी उम्मेदवारी दिएका पार्टीका कुनै पनि उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको समयसिमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएको पाइएमा प्रस्तावक र समर्थकसहित उम्मेदवारलाई कार्वाही गरिने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले वागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९, (११) (ख) अनुसार पार्टीबाट स्वतः निस्कासित हुने समेत जानकारी गराएको छ ।

दोस्रो चरणमा हुने चुनावका लागि कांग्रेसबाट विभिन्न पदका लागि वागी उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment