Comments Add Comment

‘कारखाना’ रहस्यः ‘सरोगेसीका लागि बर्षा र नविनको संघर्ष, सुशिलको साथ’


चलचित्र ‘कारखाना’मा निर्देशक अमरदिप सापकोटा आफूले नयाँ कथावस्तु उठान गरेको दाबी गर्छन् । असार १६ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले सरोगेसीको कथालाई उठान गरेको चर्चा चलेपनि निर्माणपक्षले खुलेरै मुख खोलेको थिएन ।

तर, अनलाइनखबरसँग कुरा गर्दै यसका निर्देशक अमरदिप सापकोटाले भने-‘यो सरोगेसीकै कथामा तयार भएको चलचित्र हो । चलचित्रकी मुख्य पात्र बर्षा सिवाकोटी र अर्का कलाकार नविन लम्साल सरोगेसी बच्चा जन्माउनका लागि तयार भएको देखाइएको छ ।’

‘चलचित्रको मुख्य भूमिका नायिका बर्षा  सिवोकाटी छिन् । उनलाई नविनले साथ दिएका छन् । बर्षाको संघर्ष अगाडि बढ्दै गर्दा उनी र नायक सुशिल श्रेष्ठविच प्रेम पनि देखाइएको छ’, निर्देशक सापकोटाले रहस्य खोल्दै भने । चलचित्रको मुख्य भूमिकामा कलाकार मौसमी मल्ल पनि छिन् ।

नायिका राउतले पनि चलचित्रको केन्द्रविन्दुमा आफू रहेको र आफ्नै वरिपरी कथा घुमेको जानकारी दिएकी छिन् । सुदिप खड्का र अमर बज्रचार्यको निर्माणमा तयार भएको यो चलचित्रको कथावस्तु, गीतसंगीत उत्कृष्ट भएको दाबी यसको निर्माणपक्षले गरेको छ । चलचित्रको ‘मायाले बोलेको बोली मिठो भो’ बोलको गीत अहिले चर्चामा छ ।

बर्षा  र सुशिलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment