Comments Add Comment

प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता, नवलपरासी गोलीकाण्डबारे ध्यानाकर्षण

७ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नवलपरासी गोलीकाण्डबारे ध्यानाकर्षण गराएका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अनिल झाले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

भेटमा राजपा नेताहरुले नवलपरासीमा आफूहरुको सभा भइरहेको बेला प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरेको बताएका छन् । साथै तराई मधेसका जिल्लाहरुमा सुरक्षाकर्मीहरुबाट आफ्ना नेता कार्यकर्ताको छापा मारेको तथा मुद्दा चलाएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

राजपा नेता झाले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले नहुनु पर्ने घटना भयो । के भएको रहेछ म बुझ्छु भनेका छन् ।’

हालै मात्र नवलपरासीमा राजपाको शीर्ष नेताहरु सहभागी भएको आमसभामा सहभागीहरु तोडफोडमा उत्रिएपछि प्रहरीले रबरको गोली चलाएको थियो । त्यसक्रममा राजपाका तीन कार्यकर्ता घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment