Comments Add Comment

५ नम्बर प्रदेशमा ५० प्रतिशत स्थानीय तह जित्ने एमाले नेताको दावी

माओवादी केन्द्रका केन्द्रीय सदस्य पोखरेल एमाले प्रवेश

७ असार,बुटवल । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले ५ नम्बर प्रदेशमा ५० प्रतिशत भन्दा बढि स्थानीय तह जित्ने गरी चुनावी अभियान चलाइएको दावी गरेका छन् ।

प्रदेश संयोजकसमेत रहेका पौडेलले स्थानीय चुनावलाई ५ नम्बर प्रदेश बिभाजन विरुद्धको जनमत संग्रहका रुपमा लिइएको बताए ।

बुधवार बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोखरेललाई एमाले प्रवेश गराउँदै पौडेलले भने- ‘५ नम्बर प्रदेशका जनता पहाड र तराई अलग गर्ने संविधान संशोधन प्रस्तावमा कता छन् भनेर यो चुनावले जनमत प्रकट गर्नेछ ।’

बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस र माओवादीच तालमेल भएपछि दबाबमा परेका पौडेल पछिल्लो समय मुकाम बनाएर बसेका छन् ।

उनले एमालेका प्रत्येक सदस्य पार्टी जिताउन खटिएको भन्दै एमालेभित्र खेल्ने सत्तापक्षको प्रयास असफल भएको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य कृष्ण पोखरेलले प्रदेश बिभाजन गर्ने दलहरुबीच गठबन्धन भएर बुटवलको भावना कुल्चिएकाले आफू एमाले प्रवेश गरेका बताए ।

पोखरेल तत्कालीन जनमोर्चा हुँदै माओवादी केन्द्रीय समितिमा थिए । उनले पाँच नम्वर प्रदेश विभाजनको पक्षमा उभिनु माओवादीको गम्भीर भूल रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment