Comments Add Comment

नेप्सेमा सुधारको संकेत


७ असार, काठमाडौं । लागातार घटेर १५५१ बिन्दुमा आइपुगेको नेप्सेमा केही सुधारको संकेत देखिएको छ । बुधवार नेप्से परिसूचक ३.६२ अंकले बढेर १५५४ बिन्दुमा आइपुगेको छ ।

बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनकोभन्दा १० करोड रुपैयाँले घटेर ४६ करोड ७५ लाख रुपैयाँमा सिमित भइरहेको छ । नेप्सेले स्पष्ट दिशा लिन नसकिरहेको समयमा लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा नै रहेका छन् । बजार घटेको कारण लगानीकर्ताहरु सावधानीपुर्वक लगानी गरिरहेका छन् ।

यसदिन बैंकिङ, होटल, बिकास बैंक र बिमा समूहको परिसूचक बढेको छ । सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरुको मापक सुचक फ्लोट परिसूचक र क वर्गका संस्थाहरु सूचीकृत भएको सेनसेटिभ परिसूचक पनि यस दिन बढेको छ ।

यस दिन मूल्य घट्ने र मूल्य बढ्ने कम्पनीको संख्या बराबरी जस्तै रहेको छ । यी दुवै संस्थाको संख्या ६७/६७ रहेको छ । यस आधारमा हेर्दा बजार बुलिश प्रवृत्तिमा आउन खोजेको देखिन्छ । मूल्य बढेको कम्पनीको संख्यालाई घटेको कम्पनीको संख्याले भाग गरेर निकालिने एड्भान्स टु डिक्लाइन (एडी) रेसियोले बजार बुलिश प्रवृत्तिमा आउन लागेको देखाएको छ । यसले केही समय बजार बढ्न सक्ने संकेत पनि गरेको छ ।

तर, बजारमा व्याज दर र सहज कर्जा प्राप्तिको बनिनसकेकोले यसको प्रभाव भने कायम रहने छ । अर्कोतर्फ, अहिले आर्थिक वर्षको अन्तिम त्रैमाश सुरु भइसकेकोले पनि लगानीकर्ताहरु सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थाको आंकलनमा लागेका छन् । हरेक वर्ष आर्थिक बर्षको अनतयमा यस्तै आंकलन र प्रक्षेपणले सेयर बजार केही भएपनि बढ्ने गरेको छ ।

यसअघि १ सय प्रतिशत हकप्रद दिएकालाइई पनि थप ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव आगामी असार २३ गतेको बार्षिक साधारण सभामा लाने घोषणा गरेको जेबिल्स फाइनान्सको भने सेयर मूल्य स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment