Comments Add Comment

तस्वीरमा हेर्नुहोस् प्रियंका र आयुष्मानको कसिलो प्रेम


चलचित्र बजार अहिले नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमका कारण रंगिएको छ । कलाकारका प्रेम चर्चा मिडिया र दर्शकका लागि पनि चासोको बिषय बन्ने गर्दछन् । जसले गर्दा पनि प्रियंका र आयुष्मानको प्रेम चर्चाले बढी स्थान पाइरहेको छ ।

यी दुइको प्रेम केही क्षणका लागि हो भनेर बजारमा टिप्पणी भैरहँदा अनलाइनखबरमा यो जोडीसँगै उनीहरुको परिवारले कुराकानी गर्दै यस बिषयमा स्पष्ट जानकारी दिइएसकेका छन् । जुन भिडियो तपाइले यहाँ हेर्नु सक्नुहुनेछः

उनै प्रियंका र आयुष्मानले अनलाइनखबरको क्यामेरामा दुइकोे प्रेम अझै झल्काएका छन् । प्रियंका र आयुष्मान कतै एक अर्काको आलिङ्गनमा कसिएका छन् भने कतै जिस्किएका छन् ।
आफूहरुको प्रेमलाई नयाँ ढंगले अगाडि बढाउन लागेको बताउने यो जोडी प्रेममा परेपछि दुबै झन् मजबुत भएको बताउँछ । यी दुइले एकसाथ चलचित्र ‘कथा काठमाण्डु’मा पनि काम गरेका छन् । नायिका कार्की आयुष्मान वुझ्ने भएकाले पनि आफूलाई अगाडि बढ्न सजिलो भएको बताउँछिन् ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment