Comments Add Comment

परासी क्षेत्रमा नयाँशक्ति, फोरम र फोरम लोकतान्त्रिकबीच तालमेल

७ असार, नवलपरासी । नवलपरासीको परासी क्षेत्रको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम, र फोरम लोकतान्त्रिक नेपालबीच तालमेल भएको छ ।

फोरम लोकतान्त्रिक नेपालका केन्दि्रय सदस्य उमेश यादवका अनुसार रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाको नेतृत्व नयाँ शक्तिले, प्रतापपुर र सरावलमा फोरम लोकतान्त्रिकले तथा पाल्ही नन्दन र सुस्तामा संघीय समाजवादी फोरमले पाउनेछन् ।

सहमतिअनुसार बर्दघाट नगरपालिकामा फोरम लोकतान्त्रिकले उम्मेदवारी फिर्ता लिएर नयां शक्तिलाई सहयोग गरेको छ । यहाँ नयाँ शक्तिले मेयर पदमा यमबहादुर थापा मगरलाई उम्मेदवार बनाएको छ ।

रामग्राम नगरपालिकामा नयाँ शक्ति पार्टीले मेयरमा अमिरुल्लाहा मिया र उपमेयरमा रुपा चौधरीलाई उम्मेदवार बनाएका छ । यहाँ संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले नयां शक्ति पार्टीका उम्मेद्वारहरुलाई समर्थन गरेको छ ।

नयाँ शक्ति र संघीय समाजवादीसंगको तालमेलमा फोरम लोकतान्त्रिकले प्रतापपुरमा खेमनारायण चौधरीलाई अध्यक्षको उम्मेदार बनाएका छन् ।

त्यस्तै फोरम लोकतान्त्रिकले सरावलमा अध्यक्षमा रामेश्याम चौधरी र उपाध्यक्षमा गुनकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादी फोरमले पाल्ही नन्दन गाउंपालिकामा अध्यक्षमा धरेन्द्र यादव र उपाध्यक्षमा मञ्जु चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै संघीय समाजवादी फोरमले सुस्ता गाउँपालिकामा अध्यक्षमा गंगाराम चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै सुनवल नगरपालिकामा नयाँ शक्ति पार्टीले मेयरमा सुनिता काफ्ले र उपमेयरमा हर्कबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादीको चुनाव चिन्ह लिएर अघिल्लो चुनावमा पनि तालमेल गरेको थियो भने फोरम लोकतान्त्रिक आफ्नै निर्वाचन चिन्ह लिएर लिएर चुनावमा होमिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment