Comments Add Comment

मोबाइल हराएको मान्छे 

‘के हरायो रे ?’ नेपाल प्रहरीको फोन नम्बर १०३ उठाउने महिला प्रहरीले सोधिन् ।

‘एयरपोर्टबाट बानियाँटारसम्म जाँदा आइफोन र कार्डहरू ट्याक्सीमै छुट्यो ।’

त्यसपछि उताबाट आएको जवाफ भने अनपेक्षित थियो ।

‘विदेशबाट यस्तो फोन ल्याएको छु भनेर ड्राइभरको अगाडि सान देखाउन थाल्नुभो होला, अनि छुटिहाल्छ नि ! खितखितखित !’

झण्डै उठिसकेको रिसलाई बल्लबल्ल रोकेँ र सम्हालिएर भनेँ, ‘त्यस्तो होइन ।’

‘ट्याक्सी नम्बर थाहा छ त ?’

‘छैन, तर एकछिनमा पत्ता लाग्छ होला ।’

१०३ नम्बरमा फोन गर्नुभन्दा पहिले नै मैले एयरपोर्टमै कार्यरत मीतज्यूलाई सीसीटीभी हेरेर ट्याक्सी नम्बर पत्ता लगाउन अनुरोध गरिसकेको थिएँ र उहाँ नम्बर पत्ता लगाउन लागिपर्नुभएको थियो ।

एकैछिनमा एयरपोर्टबाट फोन आयो । ‘ नम्बर पत्ता लाग्यो । बा १ ज ६***’

१०३ नम्बरमा फोन गरेर ट्याक्सी नम्बर टिपाएँ ।

लगत्तै महानगरीय प्रहरी कार्यालयको ‘लस्ट एण्ड फाउण्ड’ मा फोन गरेँ । त्यहाँका प्रहरी भने नम्र र सहयोगी भेटिए । ट्याक्सी जसरी पनि फेला पर्ने आश्वासन मैले पाएँ । मन अलिकति हलुका भयो । आशाका रंगीन किरण फेरि झुल्किए ।

आइतबार बिहान बग्गीखाना गएर लिखित निवेदन दिएँ । त्यहाँका प्रहरीले पनि सक्दो प्रयास गर्ने आश्वासन दिए । जाँदाजाँदै उनले भने, ‘भेट्न त भेटिएला, तर कति समय लाग्छ भन्न सकिन्न ।’

जम्मा एक हप्ताको समय लिएर नेपाल आएको मलाई उनको जवाफले झन् औडाहा भयो । आइतबार आराम गर्ने सोचले मैले कुनै पनि कार्यक्रम राखेको थिइनँ । सोमबारबाट भने लगातार तीन दिनको सेमिनार थियो ।

आइतबारको यो फुर्सदलाई मैले फोन र कार्डहरूको खोजीमा लगाउने विचार गरेँ । दाइ र म  यातायात व्यवस्था विभाग पुग्यौं । ढड्डा बोकेर एकजना कर्मचारी आइन् र भनिन्- ‘भर्खरै पुलिसबाट पनि यही गाडीको लागि फोन आएको थियो ।’

मन फुरुङ्ग भयो । कतैबाट भनसुन र माथिबाट आदेश नआएको मेरो जस्तो सामान्य उजुरीमा पनि नेपाल प्रहरीले खोजतलास त गर्दो रहेछ ।

अष्ट्रेलियामा फोन हराएको उजुरीमा पुलिसले कुनै खोजबिन गरेको मलाई थाहा छैन । कतिसम्म भने श्रीमतीको हराएको फोनको लोकेसन पत्ता लागेपछि सीधै उक्त व्यक्तिकहाँ एक्लै जानुभन्दा प्रहरीलाई पनि सँगै लिएर जाँदा उचित हुने लागेर म प्रहरी चौकी पुग्दा प्रहरीले जवाफ दिएका थिए- ‘सरी, हामी जाँदैनौं ।’

म समेत आयोजक भएको एउटा कार्यक्रममा सहभागी हुन गत वर्ष साहित्यकार बुद्धिसागर र पत्रकार उमेश श्रेष्ठ सिड्नी पुगेका थिए । सिड्नीको ट्रेनमा उमेशजीको क्यामेरा छुट्यो । त्यो फिर्ता आएन । पुलिसले यस्ता केसहरूलाई त्यहाँ वास्ता नै गर्दैन । कसैले ल्याएर बुझाइदिए सम्बन्धित व्यक्तिलाई बोलाएर फिर्ता दिनेसम्मको काम मात्र उसले गर्छ ।

ड्राइभरलाई पुरस्कारस्वरूप दिन भनी दस हजार रुपैयाँ मैले लिएर गएको थिएँ । हेडसेट राखेर आफैंले आफैंलाई पुरस्कृत गरिसकेपछि मैले उनलाई थप पुरस्कार पठाउनुपर्ने आवश्यकता देखिनँ ।
सँगै गएका दाइले भन्नुभयो, ‘नेपालमा अहिले आफैंले आफैंलाई पुरस्कृत गर्ने चलन चलेको छ । मुख्यसचिवले त आफैंले आफैंलाई पुरस्कार सिफारिस गरेको पढेनौ ?’

फेरि पछिल्लो प्रसंगमै फर्कौं । यातायात कार्यालयबाट ट्याक्सी साहुको ठेगाना र मोबाइल नम्बर पत्ता त लाग्यो, तर उनको फोन ‘स्विच्ड अफ’ थियो । दिनभर प्रयास गर्दा पनि फोन ‘अफ’ नै रहिरह्यो । कसैले हामीलाई फेरि सुनाइदियो- ‘हराएको मोबाइलको निवेदन दिन त टेकुको प्रहरी कार्यालय पो जानुपर्छ त !’

हुर्रिँदै फेरि टेकु पुग्यौं र १० रुपैयाँको टिकट टाँसेर फोनको पूरै विवरणसहितको निवेदन दियौं । फोनको डिटेल ट्र्याक गर्न अदालतको आदेश चाहिने भएकोले १ वर्षसम्मको समय लाग्ने त्यहाँका प्रहरीले बताए । यो एकहप्ते बसाइमा फोन फेला पर्ने सम्भावना अब धेरै क्षीण भयो ।

समय-समयमा साहुलाई फोन गर्न हामीले छाडेका भने थिएनौं । साढे चार बजेतिर भने चमत्कार नै भयो । साहुको मोबाइलमा फोन लाग्यो । हुर्रे !

साहुले ड्राइभरसँग सोधेर खबर गरुँला भने ।

राति नौ बजेतिर फोन आयो- ‘फोन फेला पर्‍यो । ड्राइभरसँग सुरक्षित रहेछ ।’

सोमबार बिहान रानीपोखरी पुग्दा गाडीका साहु आइपुगिसकेका रहेछन् । ड्राइभर भने आएनन् । डीआईजीको सचिवालयमा बसेर उनले मेरो फोन र कार्ड फिर्ता गरे । कभरबाट फोन छुट्याउने प्रयास गर्दा कभर अलिकति फुटेको रहेछ । कार्ड राख्ने खल्ती पनि च्यातिएको अवस्थामा थियो, सायद सबै कार्ड मोबाइलमै बोकेर हिँड्नेले भित्र नगद पनि राखेको होला भन्ने आशंकाले खोतलखातल पारिएको होला ।

ड्राइभरले सबै थोक दिएर पठाएछन्, तर हेडफोन भने आफैंसँग राखेछन् । त्यो एप्पलको ओरिजिनल हेडफोन थियो । ट्याक्सीमा फोन छुट्दा हेडफोन त्यही मोबाइलमा बेरिएको अवस्थामा थियो ।

मैले प्रहरीलाई र साहुलाई त्यही बताएँ । साहुले ड्राइभरलाई धेरै पटक फोन गरे, तर फोन उठेन । हुन पनि भेटिएको सामानमा उनलाई काम लाग्ने भनेको त्यही हेडफोन मात्रै थियो । आइफोन प्रयोग गर्न वा बेच्न त्यति सहज थिएन, र मेरो क्रेडिट कार्ड उनी प्रयोग गर्न सक्दैनथे ।

ड्राइभरलाई पुरस्कारस्वरूप दिन भनी दस हजार रुपैयाँ मैले लिएर गएको थिएँ । हेडसेट राखेर आफैंले आफैंलाई पुरस्कृत गरिसकेपछि मैले उनलाई थप पुरस्कार पठाउनुपर्ने आवश्यकता देखिनँ ।

सँगै गएका दाइले भन्नुभयो, ‘नेपालमा अहिले आफैंले आफैंलाई पुरस्कृत गर्ने चलन चलेको छ । मुख्यसचिवले त आफैंले आफैंलाई पुरस्कार सिफारिस गरेको पढेनौ ? यी त विचरा साधारण ड्राइभर न परे !’

हुन पनि हो, त्यत्रा सामान बुझाएपछि जाबो एउटा हेडफोन पनि राख्न नपाउनु त ! मह काड्नेले हात त चाट्छ नि !

यो बेग्लै कुरा हो, हात चाटिहाल्ने हतार गर्दा तिनले हातमा पर्न लागेको थप मह भने गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment