Comments Add Comment

उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने

७ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला तथा नगरको उपाध्यक्षबाट प्रमोद श्रेष्ठलाई पदमुक्त गरेको छ ।

पहिलो चरणको स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट म्याग्दी बेनी नगरपालिकोको मेयरमा उम्मेदवारी दिएका श्रेष्ठलाई महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकले पदमुक्त गरेको घोषणा गरेको हो । महासंघको विधान अनुसार पदबहाली भएको तीन महिना नपुग्दै पद रिक्त भएमा पुन ः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, सरकारी इजाजतमा चलेका रोडा, ढुंगा, बालुवा, प्लाष्टिक व्यवसायमा अपरझट मापदण्ड परिवर्तन गरि अवरोध गरिएको, बैंकहरुले पटक पटक चर्को रुपमा व्याज दर वृद्धि गरेको लगायतमा महासंघले सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

महासंघले चीन र नेपाल जोड्ने तातोपानी नाका सुचारुको लागि कुटनीतिज्ञ पहल थाल्न सरकारको ध्यानाकर्षण गराउने, उद्योगी व्यवसायीहरुलाई अनुसन्धानको नाममा धरपकड गर्ने, व्यवसायीहरुको हत्या, अपहरण जस्ता कार्यहरु भइरहेकोमा यस्तो घट्ना नदोहोरिने वातावरण बनाउन ध्यानाकर्षण गर्ने लगायतका ९ बुँदे निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment