Comments Add Comment

अदालतकाे आदेश: ज्यूँदो विच्छीलाई बरफमा नराख


यो धर्तीमा जिउने अधिकार सबैलाई छ । यदि नियतिले मान्छेद्धारा मर्नैपर्ने भनी लेखेको छ भने पनि बाँचुन्जेल त सुख पाउनुपर्यो । आफ्नो स्वादका लागि अरु प्राणीलाई मार्ने मात्र होइन, ज्यूँदो छँदै तड्पाउने मान्छेको तरिका साँच्चीकै उदेकलाग्दो हुन्छ । मान्छेको यहीँ अत्याचारमाथि इटालीका एक अदालतले अंकुश लगाएको छ ।

इटालीको सर्वोच्च अदालतले रेष्टुरेन्टमा ग्राहकलाई पकाएर दिनुअघि ज्यूँदो सामुद्रिक विच्छीलाई आइसमा नराख्न आदेश दिएको छ । रेष्टुरेन्टमा सी फूडको रुपमा प्रयोग हुने सामुद्रिक विच्छी रेष्टुरेन्टहरुले ज्यूँदै ल्याउँछन् र ग्राहकलाई खुवाउनु अघिसम्म विच्छीहरुलाई आइसमा तड्पाइ तड्पाइ राखेका हुन्छन् । ग्राहकलाई खानाको रुपमा पस्किनुअघि विच्छीलाई मार्नु स्वभाविक भए पनि अगाडि देखि नै उसलाई बरफमा राखेर तड्पाउने काम गैरन्यायिक रहेको ठहर अदालतले गरेको छ ।
वास्तवमा सी फूडको रुपमा खाइने सामुद्रिक विच्छीहरु ज्यूँदै पकाइन्छन् । तर यसको अर्थ उनीहरुलाई खुवाइनु अगाडि देखि नै तड्पाउनुपर्छ भन्ने होइन: अदालतले भनेको छ ।फ्लोरेन्स सहरमा रहेको एक रेष्टुरेन्टले ज्यूँदा सामुद्रिक विच्छीलाई बरफमा राखेर यातना दिएको भन्दै जनावर अधिकारकर्मीहरुले त्यसमाथि रोक लगाउन तथा जरिवानाको माग गर्दै अदालतमा मुद्दा हालेका थिए ।

साथै अदालतले बिच्छीलगायतका सी फूडका लागि प्रयोग गर्ने अन्य जीवलाई ज्यूँदो अवस्थामा फ्रिजमा नराख्न र अक्सिजनयुक्त पानीको ट्यांकीमा सामान्य तापक्रममा राख्न पनि आदेश दिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment