Comments Add Comment

सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा प्रहारबाट एक घाइते

७ असार, ललितपुर । ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो ।

पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए ।
घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ ।उनको अवस्था बोल्न नसक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment