Comments Add Comment

सलमानको एक कलमा केमियो खेल्न राजी भए शाहरुख

बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘ट्यूबलाइट’ मा अर्का सुपरस्टार शाहरुख खानको छोटो भूमिका छ । सलमानका अनुसार उनको एक कल फोनको भरमा शाहरुख सो भूमिकाका लागि तयार भएका थिए ।

सोमबार राति ‘ट्यूबलाइट’ को म्युजिकल इभेन्ट राखिएको थियो । यही क्रममा सलमानले पत्रकारहरुसँग भने, ‘निर्देशक कवीर खानले मलाई कथा सुनाउँदा भनेका थिए कि यो भूमिकाको लागि हामीले शाहरुखलाई लिनुपर्छ । त्यसपछि मैले शाहरुखलाई फोन गरेँ र भनेँ कि ट्यूवलाइटमा तिम्रो लागि सानो भूमिका छ । त्यति भन्नासाथ उनले बीचमै कुरा काटेर भने, ठीक छ, म तयार छु । उनले मेरो पुरा कुरासमेत सुनेनन् ।’

फिल्म ट्यूबलाइट १९६२ को भारत-चीन युद्धमा आधारित छ । फिल्ममा चिनीया नायिका जू जूले अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment