Comments Add Comment

शाहरुखले किन गरे छोराको ओठ् लुछ्ने कुरा ?

बलिउड सुपरस्टार शाहरुख खानका दुई छोरा र छोरी ठूला भइसके । एक छोरा भने सानै छन् । आफ्ना छोराछोरीसँग शाहरुख साथीजस्तै व्यवहार गर्छन् ।

हालै एउटा अन्तरवार्तामा शाहरुखले छोराछोरीसँग आफ्नो सम्वन्धका विषयमा खुलेर कुरा गरे । यसअघि उनले भनेका थिए कि कुनै केटाले उनकी छोरी सुहानालाई किस गरेको खण्डमा उनले त्यस केटाको ओठ लुछ्नेछन् । यसपाली उनलाई सोधियो कि उनका छोरा आर्यनले कुनै केटीलाई किस गरेमा उनले के गर्छन् ।

यसमा शाहरुखले जवाफ दिए, ‘म केटीको बाबुको तर्फबाट मेरो छोराको ओठ लुछ्नेछु । केटीहरुलाई किस गर्दै हिँड्नु कुनै सरीफ केटाको निशानी होइन ।’

उनले आफ्नो छोराको विषयमा अरु कुरा पनि सेयर गरे । जस्तै घरमा बाबुछोरा कट्टु मात्र लगाएर सुत्छन् । उनीहरुबीच अश्लिल जोक पनि सेयर हुन्छ । यसैगरी फिल्मका विषयमा पनि छलफल हुन्छ । आर्यन अहिले फिल्म मेकिङ सिकिरहेका छन् ।

छोरी सुहानाको बारेमा उनले भने, ‘उनी अभिनेत्री बन्न चाहन्छिन् । स्टेजमा एकदम राम्रो पर्फम गर्छिन् । तर, म चाहन्छु कि पहिले उनले आफ्नो पढाई सकुन् ।’

छोराछोरीहरुले आफूलाई रिस कन्ट्रोन गर्न बारम्बार सुझाव दिने गरेको उल्लेख गर्दै शाहरुखले भने, ‘अचेल म निकै कुल भइसकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment