Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः पूर्वआईजीपी जेल चलान, चारैजना एउटै कोठामा

८ असार, काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपी, एक एआईजी र एक डीआईजी जेल चलान भएको खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । चारै जनालाई डिल्लीबजार कारागारको एउटै कोठामा राखिएको पत्रपत्रिकाहरुले लेखेका छन् । भ्रष्टाचारी ठहर भएकामध्ये प्रहरीका पूर्वआईजीपी रमेशचन्द्र ठकुरी भने फरार छन् । त्यस्तै पूर्व एआईजी र एसएसपी पनि फरार छन् ।

नजिकिँदो निर्वाचनको विषय पनि पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले स्थानीय तह दोस्रो चरण निर्वाचनको विविध पक्षबारे आज पनि केलाएका छन् ।

गोरखापत्र दैनिकले भ्रष्टाचारी ठहर पूर्वआईजीपी जेल चलान भएको विषयलाई प्रमुखताका साथ छापेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चिनियाँ प्रतिनिधिमण्डलबीच भएको भेटलाई पनि गोरखापत्रले लेखेको छ । बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु भएको अर्को खबर पनि गोरखापत्रको पहिलो पृष्ठमा अटाएको छ ।

नयाँ पत्रिका दैनिकले दोस्रो चरण निर्वाचनमा दलहरुले गरेको आँकलनलाई मुख्य खबर बनाएर लेखेको छ । अन्य पत्रिकाले झैं नयाँ पत्रिका दैनिकले पनि भ्रष्टाचारी ठहर पूर्वआईजीपी जेल चलान भएको खबरलाई कभरेज गरेको छ ।
‘राजपा माने प्रदेश–२ मा नयाँ मतपत्र’ शीर्षक दिएर राजधानी दैनिकले खबर लेखेको छ ।

कान्तिपुर दैनिकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारले ८ अर्ब ७१ करोड बाँडेको जनाएको छ ।

नागरिक दैनिकले २ सयभन्दा बढी सरकारी गाडी दुरुपयोग भएको लेखेको छ भने पूर्वआईजीपी जेल गएकोदेखि नेपाली विद्यार्थीले फोबस बासस्थल बनाएको सम्मको खबरलाई अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पृष्ठमा स्थान दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment