Comments Add Comment

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

८ असार, काठमाडौं । बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ । बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिए । पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिनेछ ।

जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अधिकृत सापकोटाले पहिलो खण्डमा १४ हजार सात सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिने जानकारी दिए । सरकारले जेठ १५ गते जग्गा अधिग्रणको सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ ।

पूरा चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उनले जग्गा अधिग्रहणको काम यसै हप्ताभित्र सम्पन्न हुने बताए । जग्गा अधिग्रहणपछि उपभोक्ता समिति गठन गरेर निर्माण कार्यलाई अगाडि बढाइनेछ । बढीमा असोजको पहिलो हप्तादेखि यस खण्डको निर्माण सुरु हुने जानकारी उनले दिएको गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment