Comments Add Comment

क्षेत्रीय समिति पाईसभास्को बिल्बाउमा राई र चौधरी भिड्दै

२२ जुन, बार्सिलोना । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाइसभास्को बिल्बाउमा अध्यक्ष र केन्द्रीयय सचिवका लागि दुई-दुई जनाको उम्मेदवारी परेको छ ।

समितिका संयोजक गंगाराम सापकोटाका अनुसार, अध्यक्षका लागि पूर्णप्रसाद राई र महानारायण चौधरीको उम्मेदवारी परेको छ । केन्द्रीय सचिवका लागि कृष्णप्रसाद सिग्देल र तुलसीबहादुर गुरुङ प्रतिष्पर्धामा उत्रिएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र अर्याल, सहसचिवमा सुरेन्द्र चौलागाईं, कोषाध्यक्षमा रमिला चौलागाई (योगमाया), महिला फोरम संयोजकमा मालती पन्त र युवा संयोजकमा गुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा विकास कार्की, टंक बराल, उमा गुरुङ, सञ्जय सुवेदी, सन्तोष अधिकारी, मिलन गुरुङ र राम कृष्ण रानामगरको मात्र उम्मेदवारी परे पछि सबै निर्बिरोध चयन भएका हुन्।

सचिव पदका लागि भने तीन जनाको उम्मेदवारी परेको छ । राजेन्द्र सेढाई, महेश पंगेनी र कमला बरालले सचिवमा उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि जुन २१ देखि २३ सम्मको समय दिएको छ । मतदान जुलाई १ मा हुँदैछ ।
क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अधिवेशन आगामी जुलाई १ तारिखमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment