Comments Add Comment

कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार, अख्तियार भन्यो– कसैले देखे खबर गर्नू

८ असार, काठमाडौं । कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन अस्वीकार गरेका छन् । अख्तियारले उनीहरुलाई देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना निकालेको छ ।

अख्तियारले आयोगका सदस्य सचिव एवं आन्तरिक राजस्व  विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि आयोगमा उपस्थित हुन पत्र काटेको थियो ।

तर, महत र ढकाल अख्तियारमा हाजिर भएका छैनन् । उनीहरु फरार छन् । अख्तियारले बिहीबार सूचना निकालेर उनीहरुलाई भेटे आयोगको हटलाइन १०७ मा वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment