Comments Add Comment

सुदर्शन क्रियाले कसरी स्वस्थ्य, शान्ति र प्रशन्नता पैदा गर्छ ?

जब हामी जन्मन्छौं, सबैभन्दा पहिले हाम्रो इन्द यले श्वास लिन्छ । श्वासमा जीवनको अनमोल रहस्य लुकेको हुन्छ । सुदर्शन क्रिया एक सहज लयबद्ध शक्तिशाली प्रविध हो, जो विशिष्ट प्राकृतिक श्वास लिने प्रक्रियाबाट शरीर, मन र भावनालाई एक तालमा ल्याउँछ ।

यो पद्धतीले तनाव, थकान, क्रोध, निरासा आदि जस्ता विकारयुक्त भावबाट मुक्त गर्छ । र शान्त, एकाग्र मन, उर्जावान शरीरसँगै गहिरो बिश्राम प्रदान गर्छ ।

सुदर्शन क्रियाले एक विशिष्ट गहिराइ प्रदान गर्छ । यसले स्वास्थ्य, प्रशन्नता, शान्ति दिन्छ ।

प्रतिदिन उत्तम श्वास लिनुहोस्

जीवनशक्ति उर्जा, प्राणको स्रोत हो, श्वास । प्राण शरीर वा मन दुबैको स्वास्थ्य र सुखको आधार हो । जब प्राण उच्च हुन्छ, व्यक्ति स्वस्थ्य, उर्जित, सजग अनुभव गर्छ । सुदर्शन क्रिया ९० प्रतिशत शरीरको विषाक्त पदार्थ र तनाव हटाउन उपयोगी हुन्छ । सुदर्शन क्रियाको अभ्यासले उच्च श्रेणीको प्रतिरोधक शक्ति, सहनशक्ति र निरन्तर उर्जाकोको अनुभव दिलाउँछ । यसको नियमित अभ्यासले निरोगी बनाउँछ ।

सुदर्शन क्रिया किन अद्वितिय छ ?

रात पनि दिन आउँछ । जाडो मौसम आउँछ, फेरी गर्मी सुरु हुन्छ । पानी पर्छ, घाम लाग्छ । रुख बुट्यानमा पालुवा पलाउँछ, फेरी र्झछ । फूलहरु फुल्छन् । यो प्राकृतिक लय हो ।

हामी पनि प्रकृतिकै एक हिस्सा हौ । त्यही नाताले हाम्रो प्राण पनि लयवद्ध हुनुपर्छ । शरीर, मन र भावनाको जैविक लय हुनुपर्छ । जव यो लयको क्रम तोडिन्छ, हामीमा रोग, तनाव, दुख, असन्तुष्टि महसुष हुन्छ ।

सुदर्शन क्रियाले शरीर र भावनाको लयमा सामन्जस्य बनाइराख्छ र प्रकृतिको लयका साथ पुन लयबद्ध गर्छ । हामी आनन्द अनुभूत गर्छौ । मन प्रेममय हुन्छ ।

के हो सुदर्शन क्रिया ?

सुको अर्थ राम्रो वा सहि हो । दर्शनको अर्थ साक्षतकार वा झलक हो । र, क्रिया एक यस्तो अभ्यास हो जसले शुद्धि प्रदान गर्छ । सुदर्शन क्रिया शुद्धिकरणका एक यस्तो प्रक्रिया हो, जसको अभ्यासले हामी आफ्नो वास्तविक स्वरुपसँग साक्षतकार गर्छौ । सुदर्शन क्रिया श्वास लिने एक लयात्मक, शक्तिशाली र स्वास्थ्यबद्धृक विधी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment