Comments Add Comment

लुकास लिमा बार्सिलोना आउन तयार

७ असार, काठमाडौं । बार्सिलोनाले ब्राजिलियन अट्याकिङ मिडफिल्डर लुकास लिमालाई भित्र्याउने तयारी गरेको छ ।

बार्सिलोना र क्लब सान्तोसबीच सहमति भइसकेको छ । र, लिमा चार वर्षका लागि बार्सिलोना आउने खबर छ ।

समाचारमा जनाइए अनुसार लिमा आगामी डिसेम्बरमा ब्रानिलियन सिरिए सकिएपछि स्पेन आउने छन् ।

लिमाले ब्राजिलका लागि १४ खेल खेलिसकेका छन् र विश्वकप टिममा समेत परेका छन् । लिमा र नेयमार घनिष्ठ मित्र हुन् र नेयमारका बुबाले नै लिमालाई भित्र्याउन बार्सिलोनालाई सिफारिस गरेको समेत बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment