Comments Add Comment

आइफोन ८ आएसँगै मेमोरी चिपको अभाव हुने

एप्पलको आइफोन एट लञ्च हुने मिति नजिकिँदै गर्दा स्मार्टफोनका मेमोरी चिप बनाउने कम्पनीहरुलाई भ्याइनभ्याइ छ । दुनियाभरका इलेक्ट्रोनिक कम्पनीहरुले मेमोरी चिप तयार गरी भण्डारण गरिरहेका छन् । उनीहरुलाई डर छ कि आइफोन एट लञ्च भएसँगै बजारमा मेमोरी चिप्सको अभाव हुनेछ ।

यद्यपि, यसले एप्पल तथा सामसुङ जस्ता ठूला कम्पनीहरुलाई कुनै फरक नपार्ने बताइएको छ । अभावबाट बच्नका लागि केही कम्पनीहरुले पहिले नै अर्डर दिइसकेका छन् ।

एलजी इलेक्ट्रोनिक्सका अनुसार, आपूर्तिमा कमी हुनसक्ने सम्भावनाबाट बच्नका लागि उसले सुरुमै आवश्यक कदम उठाइसकेको छ ।

चिप बनाउने प्रविधि समयसँगै निकै जटिल बनिरहेको छ । यसमा लागतको तुलनामा मुनाफा कम छ । जसका कारण केही चिप्सको मूल्य एक वर्षभित्रमा तीन गुणा भन्दा धेरै बढिसकेको छ ।

यसको असर DRAM र NAND चिप्समा देख्न सकिन्छ । NAND  चिप्सले बजारमा धेरै कठिनाइको सामना गर्नुपर्ने हुनसक्दछ । हरेक वर्ष NAND चिप्सको झन्डै १८ प्रतिशत हिस्सा एप्पलले खरिद गर्दछ । चिप मेकरहरुले चिप्सको उत्पादन बढाउनका लागि यसका धेरै रकम लगानी गर्न सुरु गरेका छन् । सामसुङ पनि NAND चिप्सको उत्पादन आफ्नो दक्षिण कोरियाली प्लान्टमा सुरु गर्नेवाला छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment