Comments Add Comment

अनुष्का बनिन् साहरुखकी ‘राधा’


बलिउडमा नायक साहरुख खान र नायिका अनुष्का शर्माको जोडी चर्चित छ । साहरुखसँगै चलचित्र ‘रब ने बना दी जोडी’बाट अनुष्काले बलिउडमा डेब्यू गरेकी थिइन् ।

साहरुख र अनुष्काले दोश्रो पटक चलचित्र ‘जब तक हे जान’मा काम गरेका थिए । अब, यो जोडी तेश्रो पटक चलचित्र ‘जब ह्यारी मेट सेजल’मा पर्दामा देखिदैछ ।

यो चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘राधा’ बोलको गीतले युटुबमा तहल्का मच्चाइरहेको छ । सार्वजनिक भएको छोटो समयमा नै ६० लाख भन्दा बढी पटक हेरिएको यो गीतमा साहरुख र अनुष्काको गजबको केमेष्ट्री देखिएको छ । इम्तियाज अलीले यो रोमान्टिक कमेडी चलचित्रको निर्देशन गरेका हुन् । अगष्ट ४ बाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment